आकारमा त यो सामान्य कुखुराको अण्डाजत्रै छ । तर यदि यसलाई देख्नुभयो र यसको मूल्य थाहा पाउनुभयो भने तपाइँको होसहवास उड्नेवाला छ । नउडोस् पनि किन ? यो कुनै मामुली फुल होइन । यसको मूल्य २ करोड ८० लाख रुपैयाँ पर्दछ ।
१८ क्यारेटका ९ सय १० ह्वाइट गोल्ड हिराबाट जडित यो विशेष अण्डा हो । बेलायतको लण्डनस्थित एक गहना निर्माताले डायमण्ड मेमोरी एग नामबाट यो विशेष इस्टर अण्डा तयार पारेको हो ।
यो अण्डाको मूल्य यति छ की जसबाट एउटा भव्य घर नै किन्न सकिन्छ । यो अण्डाको विशेषता अर्को पनि छ । यसभित्र दुईवटा तस्वीर राख्न सकिन्छ र त्यसलाई एउटा लकेट जस्तै गरी पहिरिन पनि सकिन्छ ।
आगामी अपि्रल महिनामा मनाइने इशाई धर्माबलम्बीको ठूलो पर्व इस्टरमा रंगीविरंगी सजावटका कृत्रिम अण्डा उपहार दिने चलन छ । यस्तोमा हिरा जडित कृत्रिम अण्डा निकै मन पार्छन् मान्छेहरु । सोही कुरालाई क्यास गर्दै लण्डनको कम्पनीले दुनियाकै महंगो यो विशेष अण्डा उत्पादन गरेको हो । एजेन्सी