गजल

राज धमला

फूल पनि काँडा जस्तै, धार भैदिन्छ ।
जित्न खोज्छु जिन्दगीनै हार भैदिन्छ ।।
पत्थरहरु फुटाएर, ‘सुन’ टिपी ल्याऊँ भन्छु,
किन–किन सपनाहरु बेकार भैदिन्छ ।
थाम्न नसकिएला, भाग्न खोज्दा ‘दिल’ पनि,
स्थिर छैन बारम्बार हतार भैदिन्छ ।
धुजा–धुजा फाटिएँ, टालटुल गर्न खोज्छु तर,
आँखाहरु रुनलाई, तयार भैदिन्छ ।
कोनै वुद्ध हुन सक्ला समय नै ‘जाली’ बन्दा,
रहरहरु आजभोली, व्यापार भैदिन्छ ।
व्यस्त सँधै रगत प्रवाह, गर्ने ‘मुटु’ पनि,
किन होला क्षणभरमै भार भैदिन्छ ।
दुर्लभ भयो खुशिहरु, खोज्दा कहाँ भेटिन्छ खै ?
खालि उहि पिडा मात्र सवार भैदिन्छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार