साङ्गरुम्बा माविको अध्यक्षमा अर्जुन तामाङ्ग

जीवन लिम्बू

साङ्गरुम्बा : इलामको साङरुम्बास्थित साङरुम्बा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

समितिको अध्यक्षमा अर्जुन तामाङ्ग चयन भएका छन् । सदस्यमा भरतकुमार घिमिरे तथा महिला सदस्य मिनाकुमारी तामाङ्ग र विष्णु वाला राई चयन भएका छन् ।

त्यस्तै मनोनित सदस्यहरुमा दलबहादुर लिम्बू र पुष्पा तामाङ्ग छनौट भएका छन् । सदस्य सचिव विद्यालयको प्रधानाध्यापक मातृकाप्रसाद विश्वकर्मा छन् । शिक्षक प्रतिनिधिको कोटा खालि राखिएको छ । समितिको आगामी बैठकले शिक्षक प्रतिनीधि मनोनित गरिने जनाईएको छ ।

आदर्श उच्च मावि इलामका स्रोत व्यक्ति लिलावल्लव खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गाविस प्रतिनीधि इन्द्रलाल घिमिरे, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेशका सभापति गम्भीरजंग कट्वाल, नेकपा एमालेका  अध्यक्ष तेजबहादुर कट्वाल, नेकपा (माओवादी केन्द्र) का इन्चार्ज मंगलसिं लिम्बू, संघीय समाजवादी फोरमाका उपाध्यक्ष हरि तामाङ, विद्यालयको तर्फबाट अमरज्योति आधारभुत विद्यालयका पुण्यप्रसाद कट्टेल, नेकपा एमाले जिल्ला सदस्य दिपकिसोर लिङदम, समाजसेवी भानुभक्त घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार