वर्षौँ सम्म पनि कुहिएको छैन युवतीको लास, चिहानबाट आइरहेको छ सुगन्ध !

ripभूत प्रेत तथा आत्मा तथा भगवानहरुको विषयमा समाजमा सदैव मतभेद रहँदै आएको छ । कतिले भूत हुन्छ भन्छन् त कतिले भुतको कुरालाई सिधै नकार्छन् । तर कहिलेकाहीँ यस्ता घटनाहरु घट्छन् जसबाट स्विकार्न बाध्य भइन्छ की प्रकृतिमा केही न केही यस्तो अलौकिक शक्ति चाहीँ छ ।

अफ्रिकी देश यमनमा पनि यस्तै घटना भयो जसका कारण त्यहाँका मानिसहरु आशचर्यचकित बने । यमनको धाफर गाउँको घटना हो यो । त्यहाँ केही वर्ष अघि एक युवतीलाई गाडिएको चिहानबाट अहिले सुगन्ध आइरहेको छ । चिहानभित्र गाडेको युवतीको लास अझैपनि कुहिएको छैन र गाड्दा जस्तो अवस्थामा थियो त्यस्तै छ ।

केही वर्ष पहिले गाउँकी २० वर्षिया एक युवतीको मृत्यु भएको थियो । उनलाई गाउँकै चिहानघारीमा अन्त्येष्टि गरिएको थियो । एकदिन गाउँमा निकै ठूलो वर्षा भयो । वर्षा यति भयानक थियो की लासहरु पुरेको चिहानको माटो समेत बगाएर सबै लासलाई पानीले बाहिर निकाल्यो ।

गाउँलेहरु बाहिर आएका लासलाई जब फेरि खाडलमा हालेर पुर्ने कोसिसमा लागे तब अचम्ममा परे । उनीहरुले देखे की केही महिना पहिले मृत्यु भएर गाडेको एक युवतीको शव त कुहिएकै छैन, जस्ताको तस्तै छ । जबकी त्यति समयमा मान्छेको लास सबै कुहिर केवल कंकाल मात्र बाँकी रहन्थ्यो ।

त्यतिमात्र होइन ती युवतीको शवबाट तिव्र रुपमा सुगन्ध पनि आइरहेको थियो । गाउँलेहरुलेे युवतीको त्यो विचित्र शवलाई पुनः गाडिदिए । तर आजसम्म पनि ती युवतीलाई गाडिएको चिहानबाट सुगन्ध आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार