बेलायतको क्याबिनेटमा बिरालोलाई सरकारी जागिर !

अब बिरालोको काम केवल मुसा मार्नेमै मात्र सिमित छैन । यो दुनियामा बिरालोले पनि सरकारी जागिर खाँदैछ ।

catएकातिर डिग्री पास गरेका मानिसहरु समेत बेरोजगार भएर हल्लिरहनुपरेको छ भने अर्कोतिर बिरालोले समेत सरकारी जागिर पाउने भएको छ । बिरालोकै कारण मानिसले जागिर गुमाउने स्थिति पनि आइलागेको छ ।

तर चिन्ता नगर्नुस् बिरालोले सरकारी नोकरी खान थालेको हाम्रो देशमा होइन । बेलायत सरकारले आफ्नो मन्त्रीपरिषद कार्यालयमा बिरालोलाई सरकारी जागिर दिन थालेको हो ।

वास्तवमा मन्त्रीपरिषद कार्यालयभित्र मुसा आतंकले निकै नै सताएको छ । मुसा आतंकबाट मुक्तिका लागि बिरालोलाई नियुक्त गरिएको हो । अहिलेसम्म इवी र ओसी नामका दुई बिरालोले जागिर पाइसकेका छन् ।

जागिरे बिरालोको नाम राख्नुका पछि पनि रोचक कारण छन् । इवीको नाम लोकसेवाको पहिलो महिला स्थायी सचिव ड्याम इवलिन शार्पको नामबाट राखिएको हो । जबकि ओसीको नाम शीर्ष निजामति कर्मचारी इसीबी ओस्मोदर्लीको नामबाट राखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार