सन्ध्या फियाक
इलाम : समाजवादी विद्यार्थी फोरम महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको अध्यक्षमा रामकुमार लिङ्दम निर्विरोध निर्वाचित भएका छन् ।
आईतबार महेन्द्र रत्न बहुमुखी क्याम्पसमा भएको दोश्रो ऐतिहासिक अधिवेशनबाट लिङ्दमको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
समितिका उपाध्यक्षहरुमा सुमन लिम्बू, विपिन घिमिरे तथा सीजा राई र सचिवमा शिल्पा राई चयन भएका छन् । सहसचिवहरुमा पुरण साँवा, गगन तामाङ र पूर्ण लिम्बू, कोषाध्यक्षमा शान्ता लिम्बू र सहकोषाध्यक्षमा सुजन गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा सुजता राई, जीवन राई, लक्ष्मी लिम्बू, नविना आङ्देम्बे, शुक्रराज राई, मनकुमार राई, रेखा चेम्जोङ, सनमाया साँवा, तेन्जिङ यल्मू, इक्सा लिङदम, सचिन तामाङ, सन्तोष लिङदम, आशा थेगिम, रेखा मुखिया, पुष्पा लिम्बू रहेका छन् । त्यस्तै कृष्ण लिम्बू, देवीका मगर, रीता आङ्बुहाङ, मनिला लिङदम, सरस्वति राई, सविन तामाङ, बलिन्द्र फियाक, निरुता राई, नीसा घिमिरे, धिरेन श्रेष्ठ, धिरेन राई, समन तामाङ र क्रान्ति लिम्बू रहेका छन् ।

कार्यक्रम निवर्तमान क्याम्पस समिति अध्यक्ष तेजकुमार माबोको अध्यक्षता र समाजवादी विद्यार्थी फोरमका केन्द्रिय उपाध्यक्ष सौरभ बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथी बस्नेत, समाजवादी विद्यार्थी फोरम केन्द्रीय सचिवालय सदस्य सञ्जय राई र रञ्जित साङपाङ राई, केन्द्रीय सदस्य गगन राई, संघीय समाजवादी फोरम इलामका उपाध्यक्ष डिकबहादु बस्नेत, समाजवादी विद्यार्थी फोरम इलामका अध्यक्ष राम राई, संघीय प्रेस फोरम इलामका कोषाध्यक्ष सन्ध्या फियाक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा डेढ सय बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।






















































