उनको झल्को आउने आँखाको नानि साटिदिन्थें ।
भिडमापनि एक्लै बसी टोलाउने बानि साटिदिन्थें ।
निदरिमा सताउने याद मेरो मष्तिष्कमा नभईदिए,
सधैं सपना देख्ने हजार हजार सिरानी साटिदिन्थें ।
दुःखी छु कि म आफैं दुखाउँछ सम्झनाले मलाई,
संधै संधै दुखिरहने यो जिन्दगानी साटिदिन्थें ।
सपनाहरु सजाएर हाँस्नेरहर कत्ति छ मलाई पनि,
याद बल्झाई रुवाउने अंग छानि छानि साटिदिन्थें ।
दैवजस्तै भाग्यरेखा लेख्न मेट्न सक्ने भए,
पलभरमै जिन्दगीको सारा काहानि साटिदिन्थें ।
पत्थर जस्तै निष्ठुर बन्न सिक्नुछ मैले पनि,
मिल्नेभए ढुङगासंग मन जानि जानि साटिदिन्थें ।।