बुद्धिचालमा भुपेन्द्रको एकल अग्रता

chess 1 day (6)नयाँ बुलन्द

इलाम :  इलाममा जारी १९ औ राष्ट्रिय बुद्धीचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय बुद्धीचाल प्रतियोगितामा चौथो चरणको खेल सकिएको छ ।

पुरुष तर्फभुपेन्द्र निरौलाको एकल अग्रता कायम रहेको छ । उनले चार चरणको समाप्तीमा शतप्रतिसत जित हात पारेका छन् । उनले तेश्रो चरणको खेलमा कमल श्रेष्ठ तथा चौथोमा साविक विजेता केशब श्रेष्ठलाई हराए ।

यसैगरी सजिन मर्हजनको ३.५ अंक छ । सजिनले तेश्रो चरणमा मनिस हमालसंग बराबरी गरे भने चौथो चरणमा क्षीतीज भण्डारीलाई हराए । विलम लाल श्रेष्ठ,मनीस हमाल, हिमाल लामा, पुरुषोत्तम चौलागाइ,नबीन तण्डुकार र सुजेन्द्र प्रसाद श्रेष्ठको तीन अंक छ ।

महिला तर्फअस्मिता अधीकारी र मोनालीसा खुम्बुको समान ३.५ अंक छ । चौथो चरणमा अस्मिताले एक चरण अघिसम्म एकल अग्रता कायम गरेकी सिन्दिरा जोशीलाइृ हराइन् । यस अघि तेश्रो चरणको खेलमा उनले  बिना जयसवालसंग बराबरी गरेकी थिइन् । सिन्दीरा र सुरुची थिङ्गको तीन अंक छ । शान्ता थापा, अनीसा न्यौपाने र संगीता जयसवालको २.५ अंक छ । प्रतियोगिताका दुवै स्पर्धा स्वीस लिगको आधारमा नौ चरणसम्म हुने छ ।

११ जेठमा प्रतियोगिता सम्पन्न हुने छ । यस प्रतियोगितामा शिर्षपाच स्थान पाउने खेलाडीले अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा सहभागिताको अबसर पाउने छन् । नेपाल बुद्धीचाल संघको यो औपचारिक च्याम्पियनसीपको प्रायोजन सिबानी एयरलाइन्सले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार