राष्ट्रिय बुद्धीचालमा शीर्ष बरियताका खेलाडीको जित

chess 1 day (1)नयाँ बुलन्द

इलाम : इलाममा जारी १९ औ राष्ट्रिय बुद्धीचाल चेस च्याम्पियनसीप तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगितामा दोश्रो चरणको खेल सकिएको छ ।

दोश्रो चरणको खेल सकिदाँ प्राय खेलाडीले  जित हात गरेका छन् ।  खुल्लातर्फ साविक विजेता क्यान्डीडेट मास्टर केशब श्रेष्ठ, फीडे मास्टर मनीस हमाल, क्यान्डीडेट मास्टर भुपेन्द्र निरौला, सजिन मर्हजन, क्षितीज भण्डारी र कमल श्रेष्ठले दुवै खेलमा जित हात पारे । यी सबैको दुई अंक छ ।

केशबले पहिलो चरणमा भगवतीप्रसाद शर्मा र दोश्रोमा नबीन तण्डुकारलाई हराए । मनीसले पहिलोमा बाबुराजा मर्हजन तथा दोश्रोमा पुरुषोत्तम चौलागाइलाई हराए । भुपेन्द्रले विजय डंगोल र गणेशमान दुवालसंगको खेलमा जित हात पारे । क्षितिजले मिलन रोक्का तथा प्रकास नेपाललाई हराए । सजिनले मणीराज डाँगी र chess 1 day (6)कृष्ण शाहलाई हराए । प्रतियोगितामा विकास कुलुजु, रिजेन्द्रराज भण्डारी र हिमाल लामाको १ दशमलव ५ अंक छ ।

महिलातर्फ अस्मिता अधीकारी, बिना जयसवाल र सिन्दीरा जोशी ओझाको २ अंक छ । अस्मिताले पहिलो चरणमा  शुसीला गुरुङ्ग तथा दोश्रोमा खुस्बु थापालाई हराइन् । बिनाले पहिलोमा खुसी मुखीया तथा दोश्रोमा सुरुची थिङ्गलाई हराइन् । सन्दिीराले पहिलोमा आभा पुडाशैनी तथा दोश्रोमा बिशेखा जयसवाललाई हराइन् । सुजना लोहनी, मोनालीसा खुम्बु र सान्ता थापाको १ दशमलव ५ अंक छ ।

प्रतियोगिताका दुवै स्पर्धा स्वीस लिगको आधारमा नौ चरणसम्म हुने छ । ११ जेठमा प्रतियोगिता सम्पन्न हुने छ । यस प्रतियोगितामा शिर्ष पाच स्थान पाउने खेलाडीले अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा सहभागिताको अबसर पाउने अन्तराष्ट्रिय आर्विटर मनोज घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार