इलाममा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

chess
प्रतियोगिता उद्घाटन पूर्व निकालिएको र्‍याली ।

नयाँ बुलन्द

इलाम : इलाममा १९ ‍औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल संघ केन्द्रीय कमिटिको आयोजना तथा इलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका केन्द्रीय अध्यक्ष जीवनराज श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच गरे । उद्घाटन पूर्व सदरमुकाममा रहेका विभिन्न विद्यालय, संघसंस्था तथा चेसप्रेमीहरुको उपस्थितिमा ठूलो टुँडिखेलबाट र्‍याली निकालिएको थियो । प्रतियोगिताको उद्घाटन बिहीबार गरिएपनि खेल भने शुक्रबारबाट हुनेछ ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा स्वीस लिगको आधारमा नौ चरणमा खेल खेलाइने आयोजक कमिटि नेपाल बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक बिदुर गौतमले जानकारीदिए ।

संघका केन्द्रीय अध्यक्ष एकल श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनका क्रममा ओलम्पिक कमिटिका केन्द्रीय अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रको बिकासका लागि राज्य गम्भिर हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै बुद्धिचाल खेलको बिकासमा राज्यले जति लगानि गर्नुपर्ने हो त्यति गर्न नसकेको बताए केटाकेटीदेखि बृद्धबृद्धासम्म, अपाङ्ग व्यक्ति सबैले एकै ठाउँमा बसीबसी खेल्न सक्ने यो खेलको विकास गर्न जरुरी रहेको श्रेष्ठको भनाई थियो । उनले बुद्धिचाल खेललाई देशको कुना कन्दरा सम्म पुरयाउनु आजको आवश्यकता रहेको बताए ।

हरेक २/२ jर्षमा हुने राष्ट्रिय प्रतियोगिता अन्तर्गत इलाममा सुरु भएको प्रतियोगितामा खुल्लातर्फ ३५ जना र राष्ट्रिय महिला प्रतियोगितामा १८ जना गरी जम्मा ५३ जना खेलाडिले प्रतिष्पर्धा गर्दैछन् । यस प्रतियोगिताले बुद्धिचालको नयाँ च्याम्पियन खेलाडि घोषित गर्नेछन् । लगातार दुईपटकको नेपाल च्याम्पियन आर्मी क्लबका केशव श्रेष्ठ यसवर्षका पनि च्याम्पियनका दाबेदार मानिएको आयोजक कमिटिले जनाएको छ ।

यस्तै नयाँ खेलाडीको रुपमा झापा दमकका निरोज निरौला सहित हिमाल लामा पनि च्याम्पियनका दावेदार हुन् । दिमाग लडाउने खेलको रुपमा बुद्धिचाल प्रतियोगितामा आफनो दिमाग लडाउनका लागि खुल्लाबाट राष्ट्रिय बि मा आबद्ध २० जना, फिडे मास्टर दुईजना, सी एम २ जना सहित पूर्व नेपाल च्याम्पियन खेलाडीहरु इलाम आइपुगेका छन् ।

यस्तै महिलामा राष्ट्रिय बी मा आद्ध १२ जना, ओलम्याड ५ सहित अन्य खेलाडिहरु पनि दिमाग लडाउने तयारीमा छन् । यस प्रतियोगिताबाट उत्कृष्ठ ५/५ जना महिला÷पुरुष खेलाडिले आउँदो सप्टेम्बरमा अजरबैजानमा हुने ४२ औं चेस ओलम्प्याडमा सहभागिता जनाउन पाउने गजुरमुखी चेस क्लबका अध्यक्ष एवं बुद्धिचाल संघका केन्द्रिय सदस्य माधब चौलागाइँले बताए ।

आउँदो जेठ ११ गतेसम्म चल्ने यस प्रतियोगिताको उद्घा टन कार्यक्रममा संघका पूर्व केन्द्रीय अध्यक्ष राजेशहरी जोशि लगायतको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार