डिजिटल कन्डम आउँदै

condom-यौनलाई थप मनोरन्जन बनाउने उद्धेश्यले डिजिटल कन्डम बजारमा आउने भएको छ । यस कन्डमको नाम इलेक्ट्रिक इल राखिएको छ । यो कन्डमबाट यौनसम्पर्क राख्दा इलेक्ट्रिक तरङ उत्पन्न हुने छ । जसले यौनसम्पर्कमा बढि आनन्द आउने विश्वास गरिएको छ । जर्जिया टेकका दुई पिएचडी रिसर्चर फ्रेज पीयर र इन्ड्र्यू क्विटमेयरले यो डिजिटल कन्डम तयार पारेका छन् ।

उनीहरुका अनुसार यो कण्डोम आनन्ददायक, आरामदायी र उत्तेजक छ । उनीहरु आफैंले कन्डमको परीक्षण समेत गरेका छन् । यो कन्डमको बजार मुल्य करीब ६ सय रुपिया पर्ने छ भने पहिलो चरणमा १० हजार गोटा उत्पादन हुने छ । अनुसन्धानकर्ताले सो कन्डमलाई आधुनिक समाजलाई आधुनिक उपहार भएको बताएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार