आफ्नै छोरासँग यौनसम्बन्ध राख्दै आएकी महिला भन्छिन् ‘आमा बन्ने रहर छ’

एजेन्सी । बेलायतमा एक ५१ वर्षिय महिलाले आफ्नै छोरासँग यौन सम्बन्ध राखेको स्विकार गरेपछि यो समाचारले निकै चर्चा पाएको छ ।डेली मेलमा छापिएकाे समाचार अनुसार ति महिलाले आफ्नो छोरासँग दुइवर्ष देखि लिभ इन रिलेसनमा रहेको र आफुहरुबीच अगाध प्रेम रहेको बताएकी छन् ।

छोरासँगको यौन सम्बन्ध निकै अदभुत र रोमाञ्चक रहेको बताउँदै उनले छोराको बच्चाको आमा हुन रहर लागेकोले छोरासँग विवाह गर्ने समेत बताएपछि उनीहरुको चर्चा चुलिएको हो ।

खासमा ब्रिटेनमा रहने ५१ वर्षिय किम वेस्ट पढाइको सिलसिलामा क्यालिफोर्निया गएकी थिइन् । त्यतिबेला उनको उमेर मात्र १९ वर्ष थियो । किमले मिडियालाई बताए अनुसार त्यहाँ उनी गर्भवती बनिन् । उनले एक छोरालाई जन्म दिइन र बच्चाको नाम बेन फोर्ड राखियो । उनले बच्चालाई जन्म त दिइन तर एक सातामा एडप्सनका लागि छाडिदिइन् । त्यसपछि उनी ब्रिटन फर्किइन् । बेन फोर्डलाई एक परिवारले एडप गरि हुर्कायो । बेन ठुला भए । उनको विवाह पनि भयो ।

एक्कासी किमलाई सन् २०१३मा छोरा बेनले पत्र पठाए । उनले आफ्नौ जैविक माता पितासँग भेट्न चाहेको उल्लेख गरेका थिए । त्यसपछि आमा र छोराबीच भेट हुने सल्लाह भयो र उनीहरु भेटे । पहिलो भेटमा अगाध माया देखाएका उनीहरुले किस गरेका थिए । तर उनीहरुबीच नियमित कुराकानीका क्रममा प्रेम झाँगीयो । बेन आफ्नी पत्नीलाई छाडेर आमासँगै बस्न थाले । यो अवधिमा उनीहरुको सम्बन्धले सिमा नाघ्यो । उनीहरुबीच नियमित यौनसम्पर्क हुने गरेको छ ।

छोरा बेनले बताए अनुसार पहिलो भेटमा मलाई कतै लागेन कि मैले मेरो आमालाई भेटीरहेको छु । पहिलो भेटमा प्रेम उब्जिएको उनको भनाइ छ । अहिले पुलिससँग लुकिछिपी हिडेका उनीहरुको बारेमा समाचार आएपछि पुलिसले अनुसन्धान गरेको छ ।

उनीहरुले विवाह गर्न चाहेपनि त्यहाँको कानुनले नमिल्ने देखिएको छ । पुलिसका अनुसार यो आपराधिक कार्य हो त्यसैलै आमालाई कम्तिमा १५ वर्षको जेल सजाय हुनसक्ने छ । उनीहरुलाई पक्रिनका लागि अहिले पुलिसले आधार खोजीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार