जब युवराज सिंहले सचिन तेन्दुलकरलाई ढोगे

नयाँ बुलन्द : क्रिकेटका ‘युवराज’ ले आइतबार राति क्रिकेटका ‘भगवान’ लाई ढोग गरे । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत विशाखापटनममा भएको मुम्बई इन्डियन्स र सनराइजर्स हैदावादबिचको खेलपछि युवाराज सिंहले मास्टर ब्लास्टरको रुपमा परिचित सचिन तेन्दुलकरलाई ढोग गरेका हुन् । उनले सचिनबाट आशिर्वाद लिए ।

सचिनलाई उनका प्रशंसकले क्रिकेटको भगवान मान्ने गरेका छन् । सचिन मुम्बई इन्डियन्सका मेन्टर हुन् । तर आइतबारको खेलमा मुम्बई हैदरावादसँग ८५ रनले पराजित भयो । आइपिएलमा युवराजको यो एक सयौं खेल थियो । उनले यो खेलमा २३ बलमा ३९ रन बनाए ।

युवराजले सचिनलाई ढोग गरेको यो पहिलो पटक भने होइन । उनले सन् २०१४ मा पनि सचिनलाई ढोगेका थिए ।

उनले त्यसबेला लार्ड्स स्थापनाको दुई सय वर्ष पुगेको अवसरमा आयोजित खेलको क्रममा सचिनलाई ढोगेका हुन् । त्यो खेलमा युवराज रेस्त अफ द वर्ल्ड टिमको तर्फबाट खेलेका थिए भने सचिन मेरलिबोन क्रिकेट क्लबका कप्तान थिए ।

त्यो खेलमा युवराजले एक सय ३४ बलमा एक सय ३२ रन बनाएका थिए । आउट भएर क्रिजबाट निस्कने क्रममा उनले सचिनलाई ढोगेका थिए । उज्यालोबाट

– एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार