अनिल मल्ल ठकुरी
नुवाकोट : नुवाकोटमा भएको १५औँ सिनियर तथा ९औँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा शनिबार नेपाल आर्मी टिम शनिबार च्याम्पियन भएको छ । सिनियरतर्फको च्याम्पियन भएको आर्मीले १३ स्वर्ण, २ रजत र १ कांस्य पदक हात पा¥यो । उपविजेतामा भएको शसस्त्र प्रहरी बलको एपिएफ क्लबले ३ स्वर्ण र १ रजत जितेको थियो ।
जुनियरतर्फ भने मध्यमाञ्चल टिम च्याम्पियन भयो । मध्यमाञ्चलले ७ स्वर्ण र २ रजत हात पा¥यो । उपविजेता पूर्वाञ्चलले ३ स्वर्ण, २ रजत र ३ कांस्य हात पा¥यो । प्रतियोगिताको ४५ केजी मुनि पदक जितेकी आर्मीकी निस्मा बस्याल र ३० केजीमुनि स्वर्ण जितेका आयोजकका डेनि तामाङ उत्कृष्ट खेलाडी चूनिए । उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरीएको थियो ।
निस्माले प्याट्रन र फाइटतर्फ नै स्वर्ण जितेकी थिइन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) नुवाकोटको आयोजनामा भएको नुवाकोटको वट्टारस्थित कभर्डहलमा भएको अन्तिम दिनको खेलमा सिनियतर्फ ७५ केजी मुनि आर्मी भिमबहादुर तामाङले स्वर्ण, देवराज केसीले रजत, ५० केजी मुनि केन्द्रका रोशन आचार्यले स्वर्ण र एपिएफका योगेन्द्र धिमाल रजत, ६०केजीमुनि एपिएफका भरतबहादुर शिहं स्वर्ण र आर्मीका सचिन्द्र तामाङले रजत, ६५ केजी मुनि एपिएफका गोविन्द खत्रीले स्वर्ण र आर्मीका गेत बहादुर बस्नेतले रजत, ७० केजी मुनि आर्मीका लिलाबहादुर बस्नेतले स्वर्ण र एपिएफका हर्क राजवशींले रजत तथा ७६ केजी माथी आर्मीका विजय सुनारले स्वर्ण र एपिएफका कृष्ण थापाले रजत हात पारे ।
महिलातर्फ सिनियरतर्फ ४५ केजी मुनि आर्मीकी निस्मा बस्यालले स्वर्ण र पुर्वाञ्चलकी कल्पना राईले रजत, ५० केजी मुनि आर्मीका रुविका खड्काले स्वर्ण र पश्चिमाञ्चलकी शर्मिला महत रजत, ५५केजी मुनि आर्मीकी रिना धिमालले स्वर्ण र पश्चिमाञ्चलकी आयसा कार्कीले रजत, ६० केजी मुनि तुलसा राजथला आर्मीले स्वर्ण र पश्चिमाञ्चलकी कामना पुनले रजत, ६५ केजी मुनि आर्मीकी श्रीजना राईले स्वर्ण र पूर्वाञ्चलकी कन्यम लिम्बुले रजत तथा ६६ केजीमाथि आर्मीकी मुना बम्जनले स्वर्ण र पश्चिमाञ्चलकी उमीसा घर्तिमगरले रजत पदक हात पात पारिन् ।
प्रतियोगिताको टिम च्याम्पियन तथा विजेता खेलाडीलाई आइटिएफ तेक्वान्दो सघंका केन्द्रिय अध्यक्ष अन्जन धमला ,सघंका कोषाध्यक्ष बासुदेव भट्ट, नेपाली सेनाका सेनानी रवीन्द्र अधिकारी र आयोजक आइटिएफ तेक्वान्दो नुवाकोटका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले गरे । समापनको अवसरमा अध्यक्ष धमलाले खेलाडीहरूले मेहीनत गरेर अगाडि बढे अवश्य एक दिन अन्तर्राष्ट्रिय सफलता हात पार्ने बताए । धमलाले राज्यले आइटिएफ तेक्वान्दोलाई अन्य खेलको तुलनामा दोस्रो वरियतामा हेरे पनि आफूहरू त्यसलाई स्थापीत गर्न लागि परीरहेको बताए । समापनमा आइटिएफका वरिष्ठ उपाध्यक्ष चेतनराज गीरी,अन्र्तराष्ट्रिय मार्शलआर्ट महासघं अध्यक्ष प्रवीण कुमार कार्की र उपाध्यक्ष अन्जुनाथ श्रेष्ठ लगायतको उपस्थीती थियो ।
दुई दिने प्रतियोगितामा ५ विकास क्षेत्र, एपिएफ, नेपाली सेना र आयोजकको टिम सहभागिता रहेको थियो । प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याटन गरी १६० खेलाडीले ३० स्वर्ण, ३० रजत र ६० कास्यका लागि स्पर्धा भएको थियो ।