माङसेबुङ गाउँपालिकाको स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

  नयाँ बुलन्द
42 Shares

  •  “सबैलाई सुलभ स्वास्थ्य सेवा” भन्ने मुल लक्ष्यका साथ गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार तथा माङसेबुङ-३ मनिपुरमा जग्गा प्राप्ति भई अस्पताल निर्माण कार्यसमेत भईरहेकोले सञ्चालनका लागि प्रक्रिया अघि बढाइनेछ ।
  • संचालन भईरहेका स्वास्थ्य चौकीहरु र सामुदायिक स्वास्थ्य इकाइहरुलाई व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्दै लगिनेछ ।
  • सामुदायिक स्वास्थ्य इकाइ र स्वास्थ्य चौकीहरुमा कार्यरत करार कर्मचारीहरुको पारिश्रमिक सुविधालाई गाउँपालिकामा उपलब्ध श्रोत साधन समेतका आधारमा निरन्तरता दिइने छ ।
  • गाउँपालिकाको हरेक वडाका टोल तथा बस्तीहरुमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाले उपलब्ध गराएको प्रोत्साहन भत्ताको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • स्वास्थ्य संस्थाहरुको संस्थागत क्षमता वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भईरहेको अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • माङसेबुङ गाउँपालिकाभित्र रहेका सबै बर्थिङ सेन्टरहरुलार्इ सवलीकरण गरिनेछ ।
  • गाउँपालिकाभित्रका गर्भवती महिलाहरुको ज्यान जोखिममा पर्न नदिन साथै नवजात शिशु तथा आमाको सुरक्षाका लागि गर्भवती महिलालाई स्रोत, साधन र सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन गाउँपालिकाले उपलब्ध गराइरहेको नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
  • ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिप्रति श्रद्धा, आदर, सम्मान तथा सद्भावको अभिवृद्धि गर्नको लागि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति बिरामी भर्इ अस्पताल जानुपर्ने अवस्था भएमा गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।
  • नवजात शिशु र आमाको पोषणका लागि सुनौलो हजार दिन कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
  • स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाइँदै लगिने छ ।
  • आत्मानन्द स्वास्थ्य केन्द्र, माङसेबुङ–३, इलाममा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन मेडिकल अफिसर (MBBS Doctor) को व्यवस्था गरिनेछ।
  • स्वास्थ्य संस्थाहरुमा रिक्त रहेको दरबन्दीहरुमा पदपूर्ति गरिनेछ ।
  • गाउँपालिकाभित्र बसोबास गर्ने मृत्यू भएका व्यक्तिका परिवारलाई दाहसंस्कार गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ ।
  • गाउँपालिकाले उपलब्ध गराउँदै आएको एम्बुलेन्स सेवाको भाडा दरमा समयानुकूल समायोजन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार