माङसेबुङ गाउँपालिकाको सडक भवन तथा पुल सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
14
Shares
माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य ‘दिगो विकास समृद्धिको आधार स्थायित्व र पर्याप्त पूर्वाधार’ प्राप्तिका लागि भौतिक पूर्वाधारको विकास गर्दै लगिनेछ । सडक क्षेत्रको योजनावद्ध विकासका लागि सडक यातायात गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
गाउँपालिकाभित्रका मुख्य सडकहरुमा सबै समयमा यातायातका साधनहरु संचालन हुने गरी स्तरोन्नती गर्न प्रदेश तथा संघीय सरकारसँग समन्वय र सहकार्य गरी लागत साझेदारीमा सडक स्तरोन्नती गर्ने कार्यक्रम संचालन गरिने कार्यलार्इ निरन्तरता दिइनेछ ।
‘आहा माङसेबुङ’ अभियान सञ्चालन गरी गाउँपालिकाका सडकहरुलाई व्यवस्थित र भरपर्दो बनाई हरेक वडा बस्तीका नागरिक र पर्यटकहरुको जनजीवनलाई सहज र व्यवस्थित गर्दै लगिने नीतिलार्इ निरन्तरता दिइनेछ । अब सडकहरु बाह्रैमास (अलवेदर) बनाइनेछ ।
गाउँपालिका तथा वडा कार्यालयको भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
गाउँपालिकाभित्रका मोटरेबल सडक, पदमार्ग, पक्की पुल, झोलुङ्गे पुलहरुको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
जिल्ला सदरमुकाम तथा अन्तरपालिका जोड्ने सडकहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्नका लागि सम्बन्धित निकाय, विकास साझेदारहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
गाउँपालिकाभित्रका एक वडादेखि अर्को वडा जोड्न बाँकी रहेका स्थानमा सडक विस्तार गरिनेछ । साथै सडक संजाल जोडिईसकेका सडकहरुलाई बाह्रै महिना सवारी साधन चल्न सक्ने गरी सडकहरुको स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
‘दिगो विकास समृद्धिको आधार : स्थायित्व र पर्याप्त पूर्वाधार’ माङसेबुङ गाउँपालिकाको मुख्य लक्ष्य प्राप्तिका लागि गाउँपालिकाले मर्मत संभार कोषबाट संचालन हुने कार्यक्रमलाई निरन्तरता दिनेछ ।
दश लाखभन्दा बढी बजेट विनियोजन भएका पूर्वाधारसँग सम्बन्धित आयोजनाहरु प्रतिस्पर्धात्मक ठेक्का प्रकृयाबाट कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
माङसेबुङ गाउँपलिकामा सञ्चालन हुने विकास निर्माण योजना तथा अन्य कार्यक्रमहरुमा प्रयोग हुने मेसिन तथा औजारहरुको दररेट माङसेबुङ गाउँपालिकाभरि एउटै रहने गरी व्यवस्था मिलाइनेछ । प्रतिस्पर्धात्मक दरमा काम गराउन निर्माण व्यवसायीहरु सूचीकृत हुने व्यवस्थाको निरन्तरता दिइनेछ ।
उपभोक्ताहरुको लागत सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ ।
घर नक्सा पास गरी कार्यान्वयनमा ल्याइने छ ।
गाउँपालिका स्तरीय कृषि सडकलाई गौरवको योजनामा कार्न्वयन गरिने छ ।
पूर्वाधार तथा विपद पूर्व तयारीका लागि आवश्यक इक्यूपमेण्ट खरिद गर्न बजेटको व्यवस्था गरिने छ ।