पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढ्याे

पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल (तस्बिरहरु) 

इलाम : नेपाल भारत सीमा क्षेत्रमा रहेको इलामको पशुपतिनगर व्यापारिक केन्द्रमा भारतीय पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकहरुको चहलपहल बढेसँगै सूस्ताएको पशुपतिनगर व्यपारिक केन्द्रमा आर्थिक गतिविधि पनि बढेका छन् । इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा यतिबेला भारतीय पर्यटकको चहलपहल बढेको छ ।
भारतको पश्चिम बङ्गाल क्षेत्रबाट सिक्किम र दार्जिलिङ पहाड घुम्न आउने पर्यटक सीमा क्षेत्रको पशुपतिनगर बजार भ्रमण गर्न छुटाउँदैनन् । पश्चिम बङ्गालका सिलिगुढी, डुवर्स, नक्सल लगायतका स्थानबाट पहाड आएका भारतीय पर्यटक अहिले दैनिकजसो पशुपतिनगर बजार आउने गरेका छन् । उनीहरुले पशुपनिगरमा करिब एक घण्टाको समयमा कपडा, ब्यागलगायत विभिन्न घर सजावटका चीनियाँ सामग्री किनमेल गरेर फर्कने गरेको व्यवसायी राजु प्रसाईले बताए ।
अहिले पशुपतिनगर बजार यिनै भारतीय पर्यटकको भरमा चलिरहेको छ । पशुपतिनगर फाटकको पर्यटन सूचना केन्द्रको तथ्याङ्कअनुसार दैनिक एक हजार सम्म भारतीय पर्यटक नेपाल आउने गरेका छन् । २०–२२ वर्षअघि दैनिक लाखौंको कारोबार हुने पशुपतिनगरमा भारतीय पर्यटक आएसँगै चहलपहल बढेको छ । पहाडी जिल्लामध्ये भारतसँग सहज बाटो जोडिएको पहाडी नाका पशुपतिनगर नै छ ।
तर यो नाकालाई वैधता दिन नसक्दा पशुपतिनगर भारतीय पर्यटकको भरमा रहेको हो । भारतमा बिदा हुँदा पशुपतिगनरमा पर्यटकहरुको चहलपहल हुने स्थानीय सिवकिसन लखौटियाले बताए । भारतीय सवारीसाधन पशुपतिनगर बजारसम्म ल्याउनका लागि भन्सार सुल्क लाग्दैन ।
Dishhome
पशुपतिनगर आउने भारतीय पर्यटकहरु बुद्धपार्क, कन्याम, अन्तु सानी पाथिभरा पनि पुग्ने गरेका छन् । पशुपतिनगर बाहेकका अन्य पर्यटकीय क्षेत्रमा पुग्नका लागि भन्सार र सडकको रुट परमिट भारतीय सवारीसाधनले तिर्नुपर्ने हुन्छ । भारतको पश्चिम बंगालसँगै दिल्लि, चेन्नाई, उडिसा, बम्बई राज्यका बढी पर्यटकहरु पशुपतिनगर भेटिन्छन् ।
Nabil bank
थप तस्बिरहरु : 
    

Laxmi sunrise bank 2034
Sidhartha bank
Techno mobile

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार