इलाममा आज २६ जना संक्रमित थपिए - Nayabulanda.com

इलाममा आज २६ जना संक्रमित थपिए

  नयाँ बुलन्द
84 Shares

इलाम : इलाममा आज एकै दिन २६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयको दैनिक कोरोना संक्रमित अध्यावधिक विवरण अनुसार ५ स्थानीय तहमा आज संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढि सदरमुकाम रहेको इलाम नगरपालिकामा ११ जना रहेका छन् ।

रोङ गाउँपालिकामा ९ जना, माईजोगमाईमा ४ जना, माङसेबुङ र चुलाचुलीमा १÷१ जना थपिएका छन् । जिल्लामा हालसम्म २६५ महिला र ३८९ पुरुष गरी ६५४ जनामा संक्रमण पुष्टि भएको हो । ७३ जना संक्रमणबाट मुक्त हुँदा १६ जनाको मृत्यु भएको छ । इलाममा ५२० जना होम आइसोलेसनमा रहेका छन् । सामान्य उपचारमा ४१ जना, आइसियुमा ४ जना उपचाररत रहेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Nayabulanda.com