
इलाम : इलामको फाकफोकथुम गाउँपालिका-५ स्थित जालपा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चार जना सदस्य निर्वाचित भएका छन् ।
आइतबार विद्यालयमा भएको अभिभावकहरुको आम भेलाले दुई महिलासहित चारजना सदस्य निर्वाचित गरेको हो ।
भेलाले निवर्तमान विव्यस अध्यक्ष राजकुमार राईसहित तुलबहादुर निरौला, पदमकुमारी चौहान र तुलसा दर्लामी मगरलाई सदस्यमा निर्विरोध निर्वाचित गरेको हो ।
सात सदस्यीय व्यवस्थापन समितिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहनेछन् भने एक जना शिक्षक प्रतिनिधि र एक जना वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधि पदेन सदस्य हुनेछन् ।
सात जनाको बैठकले निर्वाचित चारमध्येबाट एक जनालाई अध्यक्ष चयन गर्नेछ ।
निवर्तमान विव्यस अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको भेलामा प्रधानाध्याध्यापक लैनबहादुर बस्नेतले विद्यालयको वर्तमान अवस्थाको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक दिपक घिमिरेले गरेका थिए ।


















































