‘समुन्नत इलाम, सम्पन्न इलामेली’ अभियानमा सहकारी क्षमता अभिवृद्धि तालिम

  झलक भट्टराई
126 Shares

इलामः इलमा नगरपालिकाले सहकारी संस्थाहरूको सशक्तिकरण लागि सहकारी क्षमता अभिवृद्धि दुई दिने तालिम आइतवार सम्पन्न गरेको छ। सहकारी र यसमा आवद्ध व्यक्तिहरुको क्षमता अभिवृद्धिलाई निरन्तरता दिँदै व्यवस्थापक तथा बजार प्रतिनिधिहरूका लागि उद्यमशीलता र बजारीकरण सम्बन्धी “समुन्नत इलाम, सम्पन्न इलामेली” भन्ने नारासहित तालिमको आयोजना गरेको हो । तालिममा नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका व्यवस्थापक तथा बजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहकारी संस्थाको व्यवस्थापन, बजार विस्तार र उद्यमशीलताको विकासमा केन्द्रित उक्त तालिमले सहभागीहरूलाई व्यवहारिक तथा प्रभावकारी ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ।

तालिम समापन कार्यक्रममा सहकारी अधिकृत मदनकुमार गुरुङको अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख विष्णु दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रमको सञ्चालन सहकारी कर्मचारी प्रेम पाण्डेले गरे।

तालिममा सहकारीका मूल्य, मान्यता र सिद्धान्त, दिगो विकासका आधार, संस्थागत व्यवस्थापनका चुनौती र समाधान, बजारको आवश्यकता तथा बजारीकरण रणनीतिका विषयमा सहजीकरण गरिएको थियो। सहभागीहरूले तालिमबाट सहकारी संस्थाको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक ज्ञान र अनुभव हासिल भएको बताएका छन्।

सहभागीहरूले आगामी दिनमा पनि यस्ता ज्ञानवर्धक तथा व्यवहारिक तालिमलाई निरन्तरता दिनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार