पाँचथरः फाल्गुनन्द गाउँपालिका स्तरीय इसाई समाजद्वारा क्रिसमसको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । आउँदो डिसेम्बर २५ अर्थात् पुस १० गते पर्ने ‘क्रिसमस डे’ को अवसरमा शुभकामना आदनप्रदानको कार्यक्रम आयोजना गरिएको फाल्गुनन्द इसाई समाजकी सचिव निशा राई नेपालीले जानकारी दिइन् । समाजको आयोजनामा शुक्रबार घुर्बिसे पञ्चमीमा भव्यताकासाथ विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
क्रिसमस डे आउँनु भन्दा केही दिन अगाडीबाट नै विभिन्न स्थानमा भेला भइ सामुहिक रुपमा क्रिसमस पर्व मनाउन थालिएको उनले बताइन् । फाल्गुनन्द गाउँपालिकामा १४ वटा चर्चमा करीब पाँच सय जना क्रिष्चियन धर्ममा आवद्ध विश्वासीजनहरु मध्ये अधिकांशको उपस्थिति थियो । प्रभु येशुखिष्टको शुभ जन्मउत्सव तथा खिष्टमसका अवसरमा यशुको भजन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको सचिव नेपालीले जानकारी दिइन् । विभिन्न मण्डलीका पास्टरहरुको सहभागिता रहेको कार्यक्रममा उनीहरुले ख्रिष्टमसको हार्दिक शुकामना व्यक्त ,प्रार्थना,मेरी क्रिसमससहित र्याली गरिएको थियो ।
फाल्गुनन्द इसाई समाजका अध्यक्ष गेसन आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि आङ्देम्बेले सम्बोधन गर्दै भने, “नेपालको संविधानमा धर्म निरपेक्षता घोषणा भएको छ । यसै अनुरुप हरेक नेपालीले आ-आफ्नो आस्था,धर्म र संस्कार स्वतन्त्ररुपमा अबलम्बन गर्ने अधिकार कानुनी रुपमा उल्लेख भएसंगै सबैको अपनत्व स्वीकार गरेर जानु पर्दछ ।” उनले भने, सबै धर्मको उदेश्य हरेक मानिस सकारात्मक मार्गमा हिड्नु पर्छ र अनुशासन पालना गर्नु पर्छ भन्ने नै हो । राज्य सत्तामा जो पुगेपनि गलत कार्यलाई सहि मार्गमा हिड्न खबरदारी गर्ने आधार पनि एउटा धर्म नै भएको उनले बताउँदै उपस्थित सबैलाई क्रिसमसको अवसरमा शुभकामना व्यक्त गरे ।पालिकामा रहेका सबै जातजाती र धर्मावलम्बीहरुलाई समान व्यवहार गरिने उनले बताए ।
शुभकामना आदनप्रदान कार्यक्रममा इसाई समाजका पालिका उपाध्यक्ष जोसेफ पोर्तेलले स्वागत मन्तव्य राखे भने, चन्द्रमान नेम्वाङले कार्यक्रम संचालन गरेका थिए ।
ईसाको जन्म २ ईसापूर्वमा इस्राइलको नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ । उनको माता मरियम उनको जन्मको समय कुमारी नै थिइन् । नाम मात्रको लागि उनको यूसुफसँग विवाह भएको थियो ।
मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।बाइबलका अनुसार नै मरियमलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको मानिन्छ ।
यहूदी धर्मका नबि हरुले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता मसीहाको पुनः अवतरण हुने भविष्यवाणी गरेको मान्यता छ । जेरुसेलमको बेथलेहमा दुई हजार १६ वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको भनिएको छ । ईसा र उनको परिवार जन्मजात यहुदी थिए भनिएको छ भने मानवका लागि योगदान दिएको सम्झनामा इस्वी संवत् चलाइएको समेत विश्वास गरिएको छ।
क्रिसमसको अवसरमा उपहार दिनुका साथै घर तथा चर्चहरुमा क्रिस्मस ट्री सजाएर सान्त क्लाउजको पोशाक लगाउने समेत गरिन्छ ।
सर्वसाधारण मानिसलाई विभेदबाट मुक्त पार्न येशु आफैँ क्रसमा चढेकोले येशुलाई जिसस क्राइस्ट पनि भन्ने गरिएको भनाइ छ ।
संसारभर धुमधासंग मनाइने गरेको येशू ख्रीस्टको जन्मको उत्सवलाई डिसेम्बर महिनाभर हर्षोल्लास उज्यालो ल्याउने गरेको पाइन्छ ।
बाइबलको महत्व
बाइबलमा लेखिएका वचन र बचनमा भनिएका प्रेमको प्रमाण बाइबलले दिएका शब्दको साधारण अर्थ मा परमेश्वर सं सम्बन्ध गास्न र परमेश्वरले मानिससित प्रेम गर्ने बातावरण बन्ने जानकारी पाइने हुदा परमेश्वरको वचन हो । यसलाई, पढ्नु पर्छ पालना गर्नु पर्छ र भरोसा गर्नु पर्छ विश्वाशीहरु भन्छन् ।
बाइबलमा छुट्टाछुट्टै ६६ वटा पुस्तकहरु भएको र ३ महादेशहरुमा लेखिएको समेत भनिन्छ ।
बाइबल छुट्टाछुट्टै भाषामा लेख्न करिब १५ सय वर्ष लागेको र ४० जना भन्दा बढी लेखकहरुले लेखेको बाइबलमा धेरै व्यक्तिगत भविष्यवाणीहरु दिएका छन् भनिन्छ।