यति अनमोल माया… (कविता)

  गोबिन्दराज ओझा (राजन)
98 Shares

गोबिन्दराज ओझा (राजन)

यति अनमोल माया, यति साँचो माया

मेरो काखमा बस है गरेको छु  मनबाट माया

तिमि सँग बोलेर मात्र मेरो दिन बित्छ

के भन्छौ तिमिले  सबै कुरा थाहा छ

 

यो दिलबाट मैले तिमिलाई माया गर्छु

तिम्रा लागि मेरो माया नदी झैँ बगाएको छु

यो हृदय धेरै शुद्ध र माया धेरै मीठो छ

के भन्छौ तिमिले  सबै कुरा थाहा छ

 मुटुको हरेक धड्कन सँग तिमीलाई  माया गर्छु

हरेक मिनेट, हरेक सेकेन्ड, म तिम्रो बारेमा सोच्छु

मेरो मनको चाह भएको कारण तिमीलाई माया गर्छु

मुटुमा बसेको मान्छे तिमीलाई माया गर्छु

 यति अनमोल माया, यति साँचो माया

मेरो काखमा बस है गरेको छु  मनबाट माया

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार