पर्यटकको रोजाईमा सन्दकपुरको छाँगे झरना (फोटो फिचर)

  नयाँ बुलन्द
245 Shares

इलाम : इलामको सन्दकपुर गाउँपालिका-१ मा रहेको छाँगे झरना पर्यटकको रोजाईमा परेको छ । पछिल्लो समय छाँगे झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्रचारप्रसारका कारण ओझेलमा परेको छाँगे झरना सन्दकपुर गाउँपालिका-१ को छाँगे गाउँमा पर्दछ । गाउँको नाम पनि सोही झरनाबाटै राखिएको हो ।

मेची राजमार्गको पुवाखोला बजारबाट ३ किलोमिटर र रामसार क्षेत्र माईपोखरीबाट ३ किलोमिटरको दुरीमा रहेको छाँगे झरनालाई सन्दकपुर गाउँपालिका-१ ले पर्यटीयस्थल बनाउने योजना बनाएको छ । अग्लो पहरामा झरनामा हिउँद वर्षातनै ठूलो पानी हुने गरेको छ । पर्यटकीय आकर्षणको केन्द्र रहेकाले अहिले इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका भित्रका युवायुवती झरनामा रमाउन पुग्न थालेका छन् ।

आकर्षक झरना रहेकाले सन्दकपुर गाउँपालिकाको पहिलो ५ वर्षमा पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना निर्माण गरेको सन्दकपुर गाउँपालिका १ का वडाध्यक्ष रहर राईले बताए । पर्यटन पूर्वाधार निर्माण गर्न सके झरनामा आन्तरिक र बाह्य पर्यटकहरु पनि आउने भएकाले पर्यटनका माध्यमबाट ग्रामीण क्षेत्रको आयस्तरमा वृद्धि हुने वडाध्यक्ष राईले बताए ।

सन्दकपुर गाउँपालिकाले पालकिाको आर्थिक श्रोत वृद्धिका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमकिता दिदैं आएको छ । पालिकाको आर्थिक विकासको क्षेत्र पर्यटन भएकाले पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पूर्वाधार निर्माणलाई गाउँपालिकाले प्राथमकिता दिएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

शब्द/तस्विर : सुजन तिम्सिना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार