सन्दकपुरको पर्यटन प्रवर्द्धन गर्न पत्रकारसँग राजधानीमा जनप्रतिनिधि (तस्बिरहरु)

काठमाडौं : इलामको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरको पर्यटन प्रवद्र्धन गर्ने बिषयमा संघीय राजधानी काठमाडौँमा पत्रकारहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ ।

इलामको पर्यटन प्रवद्र्धनमा सक्रिय इलामका पत्रकार युवराज गौतमको अध्यक्षतामा भएको अन्तरक्रियामा सन्दकपुरको प्रचारप्रसारका लागि सहयोग गर्ने संचारकर्मीले प्रतिवद्धता जनाएका छन् ।

सन्दकपुर गाउँपालिकाका वडाध्यक्षहरु सनम राई, लिल बहादूर बर्जा र यज्ञबहादुर गुरुङ्ग सहितको टोलीले पर्यटन क्षेत्रमा कमल चलाउने पत्रकारहरुको उपस्थिति रहेको थियो ।


पत्रकारहरुसँगको अन्तरक्रियामा सन्दकपुर ३ का वडाअध्यक्ष लिल बहादूर बुर्जाले सन्दकपुर गाउँपालिकाले कृषि र पर्यटनलाई आर्थीक आयको श्रोत बनाई योजना कार्यान्वयन गरिरहेकाले प्रचारप्रचारमा सहयोग गर्न आग्रह गरेका थिए । उनले पर्यटन प्रवद्र्धनका लागि गतिविधि बढेसँगै पर्यटक आवतजावत बढेकाले आगामि संघीय राजधानी आएर सरोकारवालाको ध्यानआकर्षण गर्ने काम गर्दै आएको बताए ।


टोलीका संयोजक सनम राईको प्रमुख आथित्यतामा भएको अन्तरक्रियामा ‘भिजिट सन्दकपुर’को फोटो बुक निर्माणका फोटोग्राफर सुजन तिमसिनाले सन्दकपुर गाउँपालिकामा सन्दकपुर डाँडासँगै थुप्रै पर्यटकीयस्थलसँगै लोपउन्मुख वन्यजन्तु, चराहरुको दृश्य, हिमश्रङ्खला, सिमसार, झरनाहरुको अवलोकन गर्न सकिने बताए ।

अन्तरक्रियामा प्रमुख अतिथि सनम राईले महाभारत पर्वतको अग्लो डाँडा सन्दकपुर ३६ सय ३६ मिटरमा अवस्थित भएकाले संचारमाध्यमबाट बढीभन्दा बढी प्रचारप्रसारको अपेक्षा गरिएको बताए । उनले भने–‘हामी पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गर्दै छौँ र पदमार्गमा पत्रकार, पर्यटन व्यवसायी र सरोकारवालासँगै सन्दकपुरमै अन्तरक्रिया गर्ने योजनामा छौँ ।’


सन्दकपुरको पर्यटनको संभावना बयान गरेर गर्न नसकिने भएकाले रामसार क्षेत्र माईपोखरीदेखि छिन्टापु, सन्दकपुर ढापपोखरी पदमार्गमा पदयात्रा गराउने योजना रहेको उनले बताए । अन्तरक्रियाको अध्यक्षता गरेका इलामको पर्यटन प्रवद्र्धनमा सक्रिय तथा चिया पर्यटनका संस्थापक युवराज गौतमले इलाम आफैमा पर्यटकीय संभावना भएको जिल्ला भएरको र सन्दकपुर पर्यटकीय गाउँपालिका भएकाले सबै संचारकर्मीले कलम चलाएमा देशको अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।

     

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार