छोरी भनी गर्भमै तुहिन नपरोस,अनि मनाउला नारिदिवस!
बलत्कृत भइ झाडिमा कुहिन नपरोस अनि मनाउला नारिदिवस!
छाउपडी भइ गोठमा सड्न नपरोस,अनि मनाउला नारिदिवस!
दाइजोको निउमा जिउदै जल्न नपरोस अनि मनाउला नारिदिवस!
निर्मला जसरी सानै उमेरमा ढल्न नपरोस,अनि मनाउला नारी दिवस!
न्याय नपाएर दुनियाँसङ लड्न नपरोस अनि मनाउला नारी दिवस!
बोक्सिको आरोपमा तड्पी तड्पी मर्न नपरोस,अनि मनाउला नारी दिवस!
जिन्दगी जिउन पुरुषको भर पर्न नपरोस अनि मनाउला नारी दिवस!
महिनावारीमा मैले छोएको अछुतो नहोस,अनि मनाउला नारिदिवस!
छोरी भएर जन्मेकोमा पछुतो नहोस,अनि मनाउला नारिदिवस!
यस्तो दिन आवोस,हरेक नारिलाइ गर्व होस नारी हुनुमा,
अनि मनाउला नारी दिवस !
पुजा रिजाल
इलाम नगरपालिका-८,इलाम।


















































