जब तिमीलाई छाेए (कविता)

  हेमराज माेराेहाङ लिम्बू
539 Shares

ए मेराे
प्रिय साेल्टिनि ज्यु
तिमिले मलाई
विध्युत प्रवाहित नाङ्गाे तार नछुनु
करेन्ट लाग्छ भन्याै
मैले
विध्युत प्रवाहित नाङ्गाे तार छाेए
अह करेन्ट लागेन
ए मेराे
प्रिय साेल्टिनि ज्यु
तिमिले मलाई
विध्युत प्रवाहित नाङ्गाे तारले छाेएकाे
इलेक्ट्रिक उपकरण नछुनु
करेन्ट लाग्छ भन्याै
मैले
विध्युत प्रवाहित नाङ्गो तारले छाेएकाे
इलेक्ट्रिक उपकरण छाेए
अह करेन्ट लागेन
ए मेराे
प्रिय साेल्टिनि ज्यु
तिमिले मलाई
विध्युत प्रवाहित नाङ्गाे तारले छाेएकाे
हरियाे बाेटविरुवा नछुनु
करेन्ट लाग्छ भन्याै
मैले
विध्युत प्रवाहित नाङ्गाे तारले छाेएकाे
हरियाे बाेटविरुवा छाेए
अह करेन्ट लागेन
ए मेराे
प्रिय साेल्टिनि ज्यु
तिमिले जहाँ जहाँ नछुनु भन्याै
मैले त्यहा त्यहा छाेए
कतै करेन्ट लागेन
तर
ए मेराे
प्रिय साेल्टिनि ज्यु
करेन्ट त तब लाग्याे
जब तिमिलाई छाेए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार