पाँचथरको रानिटारमा च्याब्रङको स्तम्भ निर्माण गरिने

  रामप्रसाद बाँस्कोटा
812 Shares

साँकेतिक फाइल तस्वीर

पाँचथरः फिदिम नगरपालिका वडा नम्बर ७ को रानिटारमा च्याब्रङको स्तम्भ निर्माण गरिने भएको छ ।

रानिटार माध्यमिक विद्यालय नजिकै लिम्वु जातीहरुको पहिचान झल्कने च्याब्रङको स्तम्भ निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।

किराँत याक्थुङ चुम्लुङ जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष महेन्द्र आडदेम्वेदद्वारा स्तम्भको शिलान्यास गरिएको हो । लिम्बु संस्कृतिको पहिचान झल्काउने गरी १५ फिट उचाइको फाइवरको मानिसले बजाउँदै गरेको च्याब्रुङ स्तम्भ निर्माण गर्न लागिएको हो ।

वडाको शासकिय सुधार कार्यक्रम अन्तर्गत तीन लाख रुपैयाँ आर्थिक सहयोगमा बन्न लागेको स्तम्भको निर्माणका लागि स्थानीय समाजसेवी,बुद्धिजीवी,सहयोगीदाताहरुबाट पनि सहयोग लिइने चुम्लुङका ७ नम्बर वडाका अध्यक्ष बलबहादुर नेम्बाङले जानकारी दिए । लिम्वु मुन्धुम अनुसार लिम्वु पुरोहित भीम बहादुर लिम्वुले पाठपुजा गरी स्तम्भको शिलान्यास गरीएको हो । शिलान्यास समारोहमा वडाअध्यक्ष रुपेन्द्र तामाङको पनि उपस्थिति थियो ।

 लिम्बू सामाजमा च्याब्रुङ नाच्ने परम्परा बिस्तारै घट्दै गएको र नयाँ पिंडीहरुलाई यसको महत्व बुझाउने उदेश्यले निर्माण गर्न लागिएको जनाइएको छ । ८४ प्रकारका भन्दा बढी नाचहरु च्याब्रङ बजाएर नाच्न सकिने लिम्बु जातीको परम्परागत बाजा यस अघि पूर्वी पहाडी जिल्लाहरुमा मात्रै चर्चित थियो भने हाल नेपालमा मात्रै नभई अन्तराष्ट्रिय जगतमा समेत लोकप्रिय बन्न थालेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार