म भरिया हुँ (कविता)

  हेमराज मोरोहाङ
616 Shares

हेमराज मोरोहाङ

म भरिया हुँ

भारि संगै जिन्दगि बाेकेर
एक भुगाेल देखि
अर्काे भुगाेल सम्म
यात्रा गरिरहेकाे छु
मलाई थाहा छ
भारी र जिन्दगिलाई
गन्तव्य सम्म पुर्‍याउन
कति उकालि र अाेरालिहरु
पार गर्नु पर्छ
कति भञ्ज्याङ् र चाैतारीहरु
पार गर्नु पर्छ
कति गल्छेडा र कुईनेटाहरु
पार गर्नु पर्छ
मैले जस्तै
देशकाे भारी बाेक्ने
भरियाहरुलाई
साेध्न मन छ
देशलाई
गन्तव्यमा पुर्याउने
बाटाे, गल्लि र माेडहरुकाे
हेक्का भएर या नभएर
कहिले
उत्तरकाे बाटाे र
कहिले
दक्षिणकाे बाटाे
हिडिरहेका छाै??
एउटा रुखकाे हागाबाट
भुर्र उडेर
अर्काे
कुन रुखकाे हागामा
पुगिने हाे भनी
कुनै
याेजना र गन्तव्य नहुने
चरा जस्तै
विना याेजना र गन्तव्य
देशकाे भारी बाेकेर हिड्ने
भरियाहरु भन्छन
हामिले देशलाई
समृद्ध बनाएका छाै
एकछिनलाई
भारी र अाफ्नाे जिन्दगिलाई
बिसाएर
खाेज्छु समृद्धि
देख्छु
राष्ट्रियता माथि नाङ्गो हस्तक्षेप
देख्छु
राष्टधाति संन्धि सम्झाैताहरु
जस्मा राखिएकाे छ देशलाई
लिलामिमा
देख्छु
जताततै भ्रष्टचार र कमिसनमा
देस बाेक्ने भरियाहरुकाे
ताण्डव नृत्य
देख्दिन कतै समृद्धि
र छाम्छु
नाम्लाेले थिचेर अाफ्नाे टाउकाेमा
बसेकाे गहिराे दाग
र फुटेकाे कुर्कुचा
अनि लाग्छु अाफ्नै गन्तव्य
र मनमनै सम्झिन्छु
विना याेजना र गन्तव्य
देसकाे भारी बाेकेर हिड्ने
भरियाहरुले
देसलाई
कत्ता पुर्याउने हुन???????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार