बहु गुणकारी कागती

बहु गुणकारी कागती

काठमाडौं । अमिलो कागतीको गुनिलो फाइदा धेरै रहेका छन् । यसमा भिटामिन सी प्रचुरमात्रमा पाइन्छ । कागतीमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरू पनि पाइन्छन् । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लो पदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यस्तै, यसको बोक्रा फाइबर, एन्टिअक्सिडेन्टजस्ता तत्व भरपूर रहेको हुन्छ ।

कागतीलाई आन्तरिक एवं बाहृय स्वास्थ्यको रक्षाका लागि प्रयोग गर्न सकिन्छ । कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोग निर्मूल गर्ने शक्ति रहेको विज्ञहरूको भनाइ छ । पानीमा कागतीको रस निचोरेर पिउनाले शरीरलाई भिटामिन सी, पोटासियम र फाइबर मिल्छ । तर, यसको अत्यधिक सेवन गर्नाले हाम्रो शरीरलाई नकारात्मक असर पनि गर्ने विज्ञहरू बताउँछन् ।

तर, यसको सही प्रयोगले फाइदै फाइदा पुर्‍याउँछ । दिनहुँ कागती पानी पिउँदा तपाईंको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोगसमेत निर्मूल गर्छ । कागतीले शरीरमा ऊर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनविरुद्ध लड्ने क्षमता राख्छ । कागतीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, छालामा चमक ल्याउने, तौल घटाउन मद्दत पुर्‍याउने, पाचन प्रणालीलाई सहज बनाइदिने, कलेजो र किड्नीको विष हरण गरिदिने, शरीरमा ऊर्जा प्रदान गर्नुका साथै एन्डिअक्सिडियन्ट र भिटामिन सीयुक्त कागतीले शरीरमा रहेका अनावश्यक तत्वहरूलाई नष्ट गर्न र क्यान्सरको खतराबाट बचाउँछ ।

यस्तै, कागती पानीमा पर्याप्त पोटासियम हुने भएकाले दिमागलाई स्वस्थ राख्नुका साथै रक्तचापलाई नियन्त्रणमा राख्छ । यसैगरी कागतीमा सूक्ष्म जीवाणुविरोधी तत्व रहेकाले यसलाई पानीमा निचोरेर खाँदा तपाईंको श्वासको दुर्गन्ध हटाउनुका साथै मुखमा हुने रोग लाग्नबाट बचाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार