पाँचथरकी कान्ता रिजाल इजरायलको राजदुतमा सिफारिस

  नयाँ बुलन्द
1.9k Shares

 

पाँचथरः पाँचथरकी कान्ता रिजाललाई राजदुतमा सिफारिस गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साबिक आङसराङ १ मेहेलबोटेकी रिजाललाई सरकारले इजरायलको लागि राजदूतमा सिफारिस गरेको हो ।

उनी पाँचथरका पुराना कांग्रेस नेता गणेश रिजालकी छोरी हुन् । २०१५ सालका सांसद समेत बनेका रिजाल पाँचथरमा पूर्व कांग्रेस पार्टी सभापति थिए ।

राजनीतिक नियुक्तिको आधारमा कांग्रेसको कोटाबाट रिजाल राजदूतमा सिफारिस भइकी हुन् । उनी लामो समयबाट कांग्रेसको राजनितिमा संकृय छिन् । उनि कांग्रेसको महासमिति सदस्य समेत हुन् । रिजाल पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेद्धार समेत थिइन् । रिजालले महिला विकास अधिकृतको रुपमा पनि काम गरेको अनुभव रहेको छ ।

सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० वटा देशमा राजदूत सिफारिस गरेसंगै पाँचथरकी रिजाल पनि सिफारिसमा परेकी  छिन् ।

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो ।-केन्जो खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार