बडेमानको ढुङ्गा : कान्छी औंलाले हल्लाउन सकिन्छ, पल्टाउन सकिदैंन (भिडियो सहित)

 कान्छी औंलाले नै सजिलै हल्लाउन सकिने माङमालुङमा रहेको ढुङ्गा । तस्वीर : नयाँ बुलन्द

इलाम : बडेमानको ढुङ्गा, जसलाई कान्छी आंैलाल नै सजिलै हल्लाउन सकिन्छ भन्दा विश्वास लाग्न नसक्ला । तर इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङ क्षेत्रमा पुगेपछि यो अनुभव प्रत्यक्ष रुपमा गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम ऐतिहासिक, धार्मिक भौगोलिक एवम् पर्यटकीय स्थल हो माङमालुङ । मकालु, कुम्भकर्ण, कञ्चनजंलगायतका हिमाल र तराईका विभिन्न क्षेत्रहरु नियाल्न सकिने माङमालुङबाट सूर्योदय र सूर्यास्त सजिलै देख्न सकिन्छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थलमा अवस्थित माङमालुङ ऐतिहासिक, धार्मिक, भौगोलिक र प्राकृतिक दृष्टिकोणले महत्वमूर्ण मानिन्छ । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाईमा रहेको माङमालुङमा विभिन्न आश्चार्यजनक दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।

गोही आकारको एउटा ढुङगामाथि अडिएर रहेको अर्को बडेमानको ढुङ्गा छ । जसलाई एक औंलाले पनि सजिलै हल्लाउन सकिन्छ । तर जतिसुकै बल प्रयोग गरेर भएपनि पल्टाउन भने सकिदैंन । यसलाई पल्टाउन कोशिष गरे अनिस्ट हुने जनविश्वास छ । स्थानीयले यसलाइ चक्रशिला उपनामले समेत चिनाउने गर्दछन् ।

सुरम्य डाँडामाथिको माङमालुङमा प्राकृतिक मनोरमता, विभिन्न जातका जीवजन्तु र चराचुरुङ्गी, लोपोन्मुख सुनाखरी, पूmल, हरियो घाँसे मैदान, हिमालदेखि तराईसम्म विभिन्न ठाउँको रमाइलो दृष्यावलोकन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् ।

यसका साथै धार्मिक र ऐतिहासिक महत्व बोकेका देवीदेवता, पशुपंक्षी र प्राकृतिक शीलाहरुमा कुँदिएका विभिन्न आकृतिहरु, बिजुवानी देबीको ढुङ्गा (थालाचेप्पा), बाघढुङ्गा, बेउलाबेउली ढुङ्गा, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द र गुरु ज्योतिनन्दले तपस्या गरेका गुफालगायतका ऐतिहासिक र धार्मिक वस्तुहरु पनि महत्वपूर्ण छन् ।

विशाल चौरसँगै रहेको पोखरी, अवतारी डाँडालगायतका अलौकिक पक्षहरु त झनै आकर्षक र आश्चर्यजनक छन् ।

कसरी पुग्‍ने माङमालुङ ?

माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँके, घुर्पिसे पञ्चमी, रवी हुँदै र अर्को बाटो इलामकै मंगलबारे, गजुरमुखी, इभाङ हुँदै गाडीबाट पनि पुग्न सकिन्छ ।

झापाको दमकदेखि गाडी चढे रतुवा खोलको किनारैकिनार त्यसपछि माङसेबुङ भएर तीन घण्डामा माङमालुङ पुग्न सकिन्छ । यो मोटरबाटो निर्माणाधीन दमक रवि सडक ९फाल्गुनन्द मार्ग० हो ।

पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे, टोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । यो बाटो पदयात्राको लागि आर्कषक गन्तव्य बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

यसका साथै माङमालुङ क्षेत्र भएर इलाम र पाँचथरको सीमावर्ती राँके भएर धनकुटाको राजारानी हुँदै सुनसरीको धरान जोड्ने मोटरबाटो निर्माणधीन छ ।

हर्नुहोस् भिडियोमा :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार