माङ्जाबुङका गजेन्द्र शेर्माले स्थानीयलाई व्यक्तिगत दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण

  युद्धबहादुर बोहोरा

 

पाँचथर : कुम्मायक गाउँपालिका-२,माङजाबुङका गजेन्द्र शेर्माले स्थानीयलाई व्यक्तिगत लगानीमा दुई लाख १६ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

हाल दक्षिण कोरियामा कार्यरत समाजसेवी शेर्माले उक्त रकमबाट ४३ किलोग्रामको छ वटा अक्सिजन सिलिण्डर,आठ हजार पाँच सय थान मास्क,आठ सय ५० थान सेनिटाइजर स्वास्थ्य चौकी माङजाबुङलाई उनका दाजु घनेन्द्रकुमार शेर्मा मार्फत उपलब्ध गराएको वडाध्यक्ष बालकृष्ण शेर्माले जानकारी दिए ।
कोभिड महामारीको समयमा गाउँका नागरिकलाई संक्रमणबाट जोगिन र समस्या आएमा थोरै भएपनि मलमपट्टि लगाउने उदेश्यले वडाका आठ सय १५ घरधुरीका चार हजार जनसंख्यालाई व्यक्तिगत लगानीमा उनले स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।
भौगोलिक रुपमा दुर्गम क्षेत्र भएकाले कोभिड संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन र नागरिकलाई महामारीबाट सुरक्षित रहन केहि राहत पुर्‍याउन सहयोग गरिएको उनले बताए ।

अहिलेको जटिल समयमा बिदेशमा कोभिडले ठुलो क्षति पुर्‍याएको पीडा सम्झेर वडावासीलाई त्यस किसिमको पीडा नहोस् भन्दै सामाजिक दायित्व पूरा गर्न सहयोग गरेको शेर्माका दाइको भनाइ छ ।

कर्मभूमि दक्षिण कोरिया भइ हाल जन्मभूमिका परिवार र समाजको हित चिताउँदा खुसी लागेको स्थानीय जिवी याक्थुम्बा बताउँछन् । यस गाउँबाट धेरै युवाहरु कोरिया लगायत खाडीका मुलुकमा गएर विभिन्न प्रकोपमा सहयोग गर्दै आएका छन् । तर,अहिले सम्मकै व्यक्तिगत खर्चमा गरेको उकृष्ट सहयोग यहीँ भएको उनले बताए ।

वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री वडा सदस्यको रोहवरमा साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वायमसेविका मार्फत बितरण गर्न थालिएको वडा अध्यक्ष शेर्माले जनाए । सम्भव भएसम्म घर घरमा बितरण गर्ने गरी व्यवस्थान मिलाएको उनले बताए ।

नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ को समन्वयमा शेर्माले उक्त सामाग्री व्यक्तिगत रूपमा वडावासीलाई उपलब्ध गराएका हुन् । उनले गरेको सहयोग प्रति स्थानीय र वडावासी लगायत सरोकारवाला निकायले धन्यवाद सहित प्रशंसा गर्दै अन्य महानुभावहरुबाट पनि यस्तो कठिन समयमा सहयोगको अपेक्षा गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार