पछिल्लो २४ घण्टामा ६ हजार निको भए

  नयाँ बुलन्द  54 पटक हेरिएको

काठमााडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल सङ्क्रमित सङ्ख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोभिड१९ को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय १६ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७ हजार १ सय ६३ पुगेको छ ।

हाल १ लाख ११ हजार ५ सय ९ जना सङ्क्रमणको अवस्थामा रहेका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको सङ्क्रमण परीक्षण गरिएको थियो ।

हाल १६ सय १४ जनाको आइसियु र ४ सय ५७ जनाको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार