आमाहरुको बुढेसकालमा श्रीअन्तु पुग्ने रहर आमा समूहले पुर्यायाे

  स्पर्श अतित
420 Shares

बुढेसकालमा झुल्केघाम हेर्न  श्रीअन्तु  पुगेका ६०-७० उमेरका माङसेबुङ २ पावाका आमाहरु

माङसेबुङ : “घुमेर त समय पाे खेर जान्छ” काम नगरी खान पाइन्दैन । “घुम्ने” शब्द सुनेपछि यसाे भन्ने ६०-७० उमेरका आमाहरुले बुढेसकालमा पहिलाेपल्ट श्रीअन्तु घुम्ने अवसर पाएका छन् । हुन त उनीहरुले नयाँ ठाउँ पहिलाे पटक पुगेका र घुमेका हाेइनन् । आफ्नाे जीवनकालमा धेरै ठाउँ पुगेकाे बताउने यिनीहरुले तर घुम्नकै लागि भने ती ठाउँ नगएकाे बताउँछन् ।

वर्षभरी परम्परागत कृषि पेशामा आबद्ध यी आमाहरुले कृषि पेशाबाट पर्याप्त आम्दानी त के बाह्रै महिना पुग्ने अन्न समेत जुटाउन सकेनन् । मकै र काेदाेकाे खाध्यान्न बाली अनि अदुवा र अम्लिसाे आदी नगदेबालीकाे मात्र खेती गर्न सिकेका यी आमाहरुले खेतीलाई आधुनिकिकरण गर्न भने जीवनकाे उत्तरार्धमा समेत गर्न पाएका छैनन् । पशुपालनमा पनि उत्तिनै आबद्ध याे ठाउँका किसानहरुले व्यावसायिक रुपमा पशुपंक्षी पालन गरेका छैनन् ।  कारण हाे इलामकाे कर्णाली भेगका बासिन्दा भएर जीउनु ।

इलामलाई उर्भरभूमीकाे रुपमा ब्याख्या नगराैँ । इलाम आफैँमा उर्बर क्षैत्रमा चिरपरिचित जिल्ला हाे । तर इलाम जिल्लाभित्रै त्यस्ता ठाउँहरु पनि छन् । जहाँ सुन फल्ने माटाेहरु भएर पनि अहिलेसम्म परम्परागत रुपमा मात्र खेती गर्ने प्रचलन छ । परम्परागत रुपमा खेती गर्ने प्रचलनमा  सिमित भएरै पनि यहाँका किसानहरुले दुख खेप्नु परेकाे यथार्थ छ । सन्दर्भ हाे इलाम जिल्लाकाे पश्चिमी इभाङकाे माथिल्लाे भेग ।

हाल माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गाउँ विकास समिति वडा नं. ४ काे पावा गाउँकाे यथार्थ भने यहि हाे । माङमालुङकाे काखमा रहेकाे याे गाउँमा प्रशस्त मात्रामा सिँचाईकाे स्राेतहरु छन् । सुन फल्ने बारी कन्लाहरु छन् । तर हालसम्म आधुनिक रुपमा कृषि बालीहरु लगाउने यहाँका किसानहरुकाे पीडा हाे बजार अभाव । बजार अभाव भएपछि व्यावसायिक रुपमा खेती गर्नुपर्छ भन्ने समेत चेतना नआउँदाे रहेछ । झापाकाे चर्चित दमक बजार यहाँकाे मूख्य बजारकाे रुपमा भने बिकास हुँदैछ ।

दमक नजिक त छ । तर छ महिना मात्रै गाडी कुद्छ । त्यसाे हुँदा यहाँका किसानी आमाहरुले उब्जाएका तरकारी बालीहरु स्थानीय बजारमा मात्र खपत हुन मुस्किलनै छ । हिउँद महिनामा प्रसस्त उत्पादित सागसब्जी लगायतका माैसमी बालीहरुकाे खेती गर्न प्रतिस्पर्धा गर्ने यहाँका किसानहरुले आँधा वर्ष त केही राहत आफुँले उब्जाएकाे तरकारी बालीबाटै पाउँछन्। यसरी  आँधा वर्ष मात्र आम्दानी हुने भएकाेले सायद यहाँका किसानी आमाहरु आधुनिक र व्यावसायिक खेती गर्न सकेका छैनन् ।

छ महिना मात्र गाडी कुद्ने दमक-चिसापानी मार्ग हाल भने तीब्र रुपमा कालाेपत्रे हुने तरिकाले काम भईरहेकाे छ । अब चाँडै कालाेपत्रे हुने भएपछि यहाँका किसानी आमाहरु खुशी छन् । केहीले भने आधुनिक कृषि अपनाउनु पर्छ भनेर कम्बर कसिसकेका छन् । आशा गराैँ यहाँका किसान र ती आमाहरुकाे सपना चाँडै पूरा हाेस् ।

यसरी परम्परागत खेतीमै ब्यस्त यी आमाहरुले साच्चै घुम्ने अवसर पाएका थिएनन्  । अरु जिल्लाका पर्यटकीय गन्तव्यमा घुम्ने कुरा त गर्दै नगराैँ आफ्नै गृह जिल्लाका बहुचर्चित पर्टकीय स्थलहरुमा समेत घुमेका थिएनन् उनीहरुले । तर यस पटक भने बहुचर्चित श्रीअन्तु घुम्ने रहर स्थानीय आमा समूहले पुर्याईदिएकाे छ  ।

१५ वर्षदेखि क्रियाशिल आमा समूहले समूहमा आबुद्ध ३१ जना आमाहरुलाई अन्तु लगायतका स्थलहरुमा अवलाेकन भ्रमण गराएका छन् । अन्तुमा पुग्नुकाे मूख्य उद्देश्य भने सूर्यावलाेकन नै हाे । तर दुर्भाग्य माैसम प्रतिकुल भएकाे कारण झुल्केघामकाे दर्शन भने आमाहरुले गर्न पाएनन् ।  आज शनिबार विहान माैसम धुम्म भएका कारण उज्यालाे हुनु अगावै अन्तुडाँडामा पुगेका आमाहरुकाे आँखा गरिव घण्टाैँसम्म झुल्केघामकाे पर्खाईमै थियाे । तर अन्तत: झुल्केघाम हेर्न असफल नै भए ।

झुल्केघाम हेर्न नपाएपनि अन्तुका रमणिय डाँडाकाँडा अनि हरिया चियाका बुट्टान र त्यहाँका सुन्दर हाेटल तथा हाेमस्टेहरुक अवलाेकनले घाम हेर्न नपाउँदाकाे रिस नै भुलाईदियाे । अझ अन्तुपाेखरीमा बाेटिङ र घाेडा चड्न रहर पुगेपछि स्वर्ग पुगेकाे अनुभव बताए  आमाहरुले । अन्तुबाट फर्किन्दा देखिएका स्कुस खेतीकाे माेहले भने उनीहरुकाे मन हामीले पनि यसै गर्ने भन्नेतिर केन्द्रित गरायाे । हाम्रा ठाउँमा पनि स्कुस खेतीकाे सम्भावना प्रचुर रहेकाे उनीहरुले ठम्याउँदै अब यसै गर्ने प्रतिबद्धता समेत उनिहरुकाे भलाकुसारीमा सुनियाे ।

यता सानाे पाथिभराकाे दर्शनले मन हलुङ्गाे भएका आमाहरुले बहुचर्चित कन्यामा समेत आफुनाे समय खर्चाए । यसरी उनीहरुले जीवनकाे उत्तरार्धमा घुम्ने रहर पुगेकाे बताउँदै बाँचे पुन अर्काे साल पनि घुम्ने वताए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार