दुई सय पर्यटकीय गन्तव्य छनोट, इलामको पानीटार र सिद्धिथुम्का (सूचीसहित)

  नयाँ बुलन्द  220 पटक हेरिएको

काठमाडौं : पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले देशभरबाट २ सय वटा गन्तव्य स्थल छानिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन् ।

मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये २ सय गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।

छानिएका गन्तव्य स्थलमध्ये इलामको देउमाई नगरपालिका पनि परेको छ । देउमाई नगरपालिकाको पानीटार पर्यटन विकास तथा सिद्धिथुम्कामा टावर सहित पार्क निर्माणका लागि बजेट विनियोजन भएको छ ।  सो आयोजनाका लागि १ करोड ४४ लाखको लागत अनुमान गरिएको छ । जसका लागि मन्तालयको लागत ९४ लाख र साझेदार लागत ५० लाख रुपैयाँ रहेको छ ।

आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

हेर्नुहाेस् छनाेटमा परेका पर्यटकीय गन्तव्य 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार