बाइडेनद्वारा म्यानमारका सैन्य नेतृत्वमाथि प्रतिबन्धकाे घाेषणा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारको सेनाविरुद्ध कारबाही अभियान सुरु गर्नु भएको छ ।

म्यानमारमा सेनाले सत्ता हातमा लिँदै प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा राखेपछि अमेरिकाले कारबाही अभियान सुरु गरेको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकी फण्ड रोक्ने र सेनाको नेतृत्वलाई प्रतिबन्ध लगाउने घोषणा गर्नु भएको हो । उहाँले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सत्ता कब्जामा लिने सेनाको नेतृत्वमाथि प्रतिबन्ध लगाएको बताउनु भएको छ ।

यो प्रतिबन्ध सेनाको नेतृत्व गरिरहेका व्यक्तिको परिवारका सदस्यमा पनि लागू हुने बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनले यो हप्ता नै पहिलो चरणमा  प्रतिबन्धमा परेका व्यक्तिहरुको सूची तयार पार्ने बताउनु भएको छ ।

बाइडेनले अमेरिकाबाट म्यानमारमा हुँदै आएको निर्यात पनि रोक्ने र आवश्यक परे अतिरिक्त प्रतिबन्ध समेत लगाउने घोषणा गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार