पर्यटकहरु आउन थाले

  लोकेन थेवे  245 पटक हेरिएको

इलाम : हिउँद सिजन सुरु भएसँगै आकाश खुलेको मौकामा माईजोगमाईको थुम्केरानी, मेग्मा, तुम्लिङ र सन्दकपुर गाँउपालिकाको जौबारी टङलु, सन्दकपुर, माईपोखरी र अन्य ठाउँहरुमा घुम्न र सुर्योदय हेर्न पर्यटकहरु आउने क्रम सुरु भएको छ ।

माइजोगमाई गाउँपालिका ६ प्याङको थुम्केरानीमा सुर्य उदाएको हेर्न आउने स्थानीय र अन्य गाउँपालिका बाहिरको पर्यटकहरू दिनहुँ आउने क्रम शुरु भएको छ ।

सदरमुकाम इलाम बजारबाट सुर्योदय हेर्नको लागि सबै भन्दा नजिक थुम्केरानी भएकोले पनि पर्यटनकहरुको पहिलो रोजाई थुम्केरानी बनेको हो । इलाम बजारदेखि सोयाङ हुँदै नँयाबजारसम्म गाडीबाट १ घन्टामा आइपुन्न सकिन्छ । नयाँबजार बास बसेर बिहानै ३० मिनेटमा थुम्केरानी पुग्न सकिन्छ ।

कात्तिकदेखि मंसिर महिनासम्म आकाश खुलिएको समयमा बिहानी पख देखिने हुँदा सुर्योदय हेर्न बिहानी भालेडाकमा पर्यटकहरु थुम्केरानी पुग्ने गरेका छन् ।

समुद्री सतहको २४ सय मिटर उचाईमा रहेको थुम्केरानी १० वर्ष अगाडी सुर्य उदाएको हेर्न सकिन्छ भन्ने कुरा स्थानीयहरुले पत्ता लगाएपछि थुम्केरानीमा बिस्तारै पर्यटकहरु आउन थाले । पर्यटकहरुको लागि अहिले थुम्के राम्रो र नयाँ पर्यटन केन्द्र बनेको छ । अन्य ठाउँको तुलनामा सुर्योदय हेर्ने उपयुक्त ठाउँ भएकोले थुम्केरानी अहिले नँया पर्यटकहरुको लागि फरक पहिचान बनेको छ । अन्य ठाउँ भन्दा राम्रो र लामो समय सुर्य उदाएको देख्न सकिनेदेखि आसपासमा रहेको घना हरियो जंगल, खुल्ला हरियो चौर र हिमश्रृङ्खला हेर्न सकिने हुँदा आजभोलि अधेरै संख्यमा पर्यटकहरु बिहानी उज्यालो भुईमा खस्न नपाईन थुम्केरानी पुग्ने गरेका छन् ।

थुम्केरानीमा सुर्योदयको अवलोकन पछिप्रती प्रदेश १ मै पहिलो पटक सुरुवात गरिएको प्रतिकेजी १० लाख पर्ने केसरी फुलको खेती हरियो खुल्ला चौर र जौबारीको आलु बिकाससँगै विभिन्न ठाउँ हेर्न र खुल्ला हरियो चौरमा सेल्फी खिचेर पर्यटकहरु आनन्द लिने गरेका छन् । त्यस्तै जमुना इङला चोयाटारमा विश्व दुर्लब रेड पाण्डा,  हाँगेथाम, चन्द्रपाल थेबे ढाप पोखरी, टोर्के झर्ना र माईपोखरी घुम्न आउने पर्यटकहरुको शुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार