पेट्रोलको मूल्य वृद्धि

 

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।

वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।
डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत् नै रहेकाे निगमले जनाएकाे छ।

मूल्य समायोजन भएपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ७५ पैसा नेपालतर्फ नै सस्तो रहेको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार