इलाम : इलाम चिया बगानले नेपाली चियाको इतिहास बोकेको छ ।
नेपालमा चिया रोपणको शुरुवात इलाम चिया बगानबाट शुरु भएको थियो । इलामका तत्कालिन बडाहाकिम गजराजसिंह थापाले इलामको इलाममा चिया रोपण शुरु गरेपछि नेपाली चियाको खेती शुरु भएको थियो ।
इलाम चिया बगानमा चिया खेती गरिएको थियो बिक्रिम सम्बत १९ सय २० मा इलाम चिया बगनमा चिया रोपण गरिएको थियो ।

त्यहि चिया बगान पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र समेत रहेको थियो । चिया बगान भित्र बनाइएको स–सना पदमार्गहरुमा रमाउन देश विदेशका पर्यटकहरु आउने गरेका थिए ।
हरियो चिया बगान भित्रका मार्गमा बिहान झिसमिसेमै आफ्नो सरिरलाई तन्दुरुस्त राख्न ‘मर्निङ वाक’ गर्नेको पनि भिड नै हुन्थ्यो । तर अहिले कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन गरेसँगै चिया चिया बारी सुनसान छ ।
इलाम सदरमुकाम क्षेत्रका केहि मानिसहरु ‘मर्निङ वाक’ मा भेटिए । पर्यटन प्रवद्र्धनका लागि इलाम नगरपालिकाले पूर्वाधार हरु पनि निर्माण गरेको छ ।

चियाबारीको हरियालीसँगै रमाउन र ‘मर्निङ वाक’ गर्ने जिल्लाका प्रशासक, उद्योगी देखि सर्वसाधारणसम्म पुग्ने गरेपनि सबैले लकडाउनको पालन गरेका छन् । जसले गर्दा बिहान झिसमिसेमा ‘मर्निङ वाक’ को समयमा पनि इलाम चियाबारी सान्त रहेको छ ।
















































