इलाममा मेचीका पर्टन व्यवसायीको जमघट, पर्यटन सरोकार समिति गठन

  नयाँ बुलन्द
0 Shares

इलाम : साविक मेची क्षेत्रका चार जिल्लाका पर्यटन व्यवसायीहरु इलाममा भेला भएका छन् । पर्यटन वर्ष २०२० लाई सफल बनाउन र पर्यटकलाई मेची क्षेत्रमा भित्र्याउन यहाँका पर्टन व्यवसायीहरु सक्रिय हुन थालेका हुन् ।

पर्यटन व्यवसायीहरुको भेलाले राजेन दंगालको अध्यक्षतामा मेची कोरिडोर पर्यटन सरोकार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा देवी पौड्याल, महासचिवमा अर्जुन कार्की, सचिवमा खेमराज सिटौला  र कोषाध्यक्षमा कमला रिजाल चयन भएका छन् ।

सदस्यहरुमा जितेन पन्धाक, शन्दिरा श्रेष्ठ, कृष्ण काफ्ले, मनोज कोइराला, सारदा उप्रेती, लक्ष्मीप्रसाद काफ्ले, बिमल भण्डारी रहेका छन् ।

होटेल एसोसेसन इलामका अध्यक्ष देवी पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले पुर्वी क्षेत्रको पर्यटनलाई उजागर गर्न आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विशेष अतिथय इलाम नगरपालिकाका प्रमुख महेस बस्नेतले पर्यटन वर्ष २०२० लाई सफल पार्न आतिथ्यतालाई आकर्षक बनाउनु र आन्तरिक पर्यटकलाई भित्रियाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नम्बर १ पर्यटन वर्षा २०२० का संयोजक राजेन श्रेष्ठ नयाँ समितिलाई पर्यटनमा सक्रियतापूर्वक लाग्न अनुरोध गर्दै पर्यटन २०२० लाई सफल बनाउन सबै तह र तप्काबाट लाग्न आव्हान गरे ।

होटल एसोसेसन महासंध प्रदेश १ अध्यक्ष मणेन्द्र कटुवालले समितिलाई संस्थागत रुपमा लैजान सहयोग गर्ने र त्यसलाई कानुनी रुपमा अगाडी लैजान सुझाव दिए । भवेष श्रेष्ठले नव गठित समितिले पर्यटनलाई समावेशी एवम् रचनात्मक बनाउन सुझाव दिए ।

मेची करिडोर पर्यटन सरोकार समिति गठन गर्न इलाम पर्यटन पवर्दन सरोकार समितिका सल्लाहकार द्वय धर्म गौतम र गोपाल पाडेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा ताप्लेजङ, पाँचथर, इलाम र झापाका पर्यटन व्यवसायीहरु सहभागी थिए । कार्यक्रमको संचालन जितेन पन्धाकले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार