पर्यटकिय स्थलहरुको प्रवद्र्धनका लागि फोटो प्रतियोगिता

इलाम : जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उदेश्यले इलाममा फोटो प्रतियोगिता हुने भएको छ । शिखर डिजिटल रेकर्डिङ स्टुडियो इलाम र भिभा डान्स स्टुडियोको आयोजना तथा मिसन इलामको संयोजनमा प्रतियोगिता हुने भएको हो ।

ब्यक्तिले प्रतियोगितामा भाग लिन पाउने छ । तर इलाम जिल्लाको कुन स्थान हो स्पस्ट खुल्ने खालको फोटोलाई प्रतियोगितामा समावेश गरिने आयोजक शिखर डिजिटल रेकर्डिङ स्टुडियोका सन्दिप प्रधानले जानकारी दिए । पर्यटकिय स्थलहरुमा खिचिएका मौलिक भेष भूषासहितका मानिसका ब्यक्तिगत फोटो प्रतियोगितामा समावेश गराउँदा पर्यटकिय स्थलहरुको पनि उत्तिकै प्रचार हुने आयोजकको दावी छ ।

मोडलिङ गर्न रुचाउने, फोटो र भिडियोको एङ्गल बुझ्नेहरुले यस सम्वन्धी चासो राखेपछि प्रतियोगिता सञ्चालन गरिन लागिएको संयोजक तथा मिसन इलामका दिपकराज शर्माको भनाई छ ।

प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप शिखर डिजिटल रेकर्डिङ स्टुडियोको तर्फबाट एक जनालाई म्युजिक भिडियो खेल्ने अवसर दिइने छ । साथै इलामको ब्यागराउण्ड राखी विभिन्न पहिरनमा फोटो सुट, एउटा फोटो वाल साईज क्यानभास प्रिण्ट, एक थान भिभो वाइ नाइन वान सि  मोबाईल सेट तथा गिफ्ट ह्यामपर प्रदान गरिने छ ।

त्यस्तै दोश्रो पुरस्कार पनि एक जनालाई पार्सियल लगानीमा म्युजिक भिडियो खेल्ने अवसर, विभिन्न पहिरनमा फोटो सुट तथा आर्कषक गिफ्ट ह्यामपर प्रदान गरिने जनाइएको छ ।

तेश्रो पुरस्कार म्युजिक भिडियोको मोडल पुलमा राखिने, विभिन्न पहिरनमा फोटो सुट तथा गिफ्ट ह्यामपर प्रदान गरिने छ ।

सान्तवना पुरस्कार स्वरुप ५ जनाको विभिन्न पहिरनमा फोटो सुट गरिने छ ।

प्रतियोगिले कुनैपनि क्यामेरा वा मोबाईल, पोइण्ट एण्ड सुट, पावरसट, डिएसएलआर) क्यामेराले आफ्नो ४ फरक प्रकार तस्विर खिचाई आयोजक पठाउनुपर्ने वताइएको छ ।

प्राप्त फोटोको आधारमा प्रतियोगीको छनौट गरिने तथा फोटोसुटको लागि प्रतिष्पर्दीलाई बोलाईने समेत वताइएको छ ।

फोटो सुट गरिएको तस्विर र प्रतिष्पर्दीले पठाएको तस्विर प्रतियोगिताका लागि मिसन इलामको फेसबुक पेज मार्फत सार्वजनिक गरिने समेत आयोजकले जानकारी दिएको छ ।

पोष्ट भएको तस्विर शेयर, लाइक र कमेन्डलाई ५० अंक प्रदान गरिने र ५० प्रतिशत निर्यायकबाट निर्णय लिइने समेत वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार