इलाम : इलाममा ४५ दिने मोवाइल मर्मत तालिम प्रभावकारी बन्ने देखिएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा सृजनशील महिला समाज इलाम ७ को आयोजनामा उक्त तालिम इलाम सदरमुकाममा भाईरहेको छ ।
तालिममा ११ जना महिलाहरु सहभागी रहेका छन् भने सहभागीहरुलाई शेर्पा साइवर एण्ड सप्लायर्सका प्रशिक्षक संजीव राईले प्रशिक्षण दिइरहेका छन् ।
‘स्वरोजगार सृजना गरी आर्थिक विकास गरौं’ भन्ने नाराका साथ इलाम नगरपालिकाले आर्थिक सहयोग गरेर सृजनशील महिला समाजले यसपटक ११ जना महिलालाई मोबाइल मर्मत तालिम प्रदान गरिरहेको हो र यस तालिम बाट महिलाहरुलाई पनी प्रबिधीको क्षेत्रमा अगाडि बड्न हौसला बड्नुका साथै महिलाहरुपनी स्वरोजगार बन्न केहीहद सम्मा टेवा पुग्ने विश्वाश इलाम नगरपालिकाकाले राखेको नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।
तालिममा युवा उमेर समुहको सहभागिता रहेकाले उनिहरुकाे उत्सापुर्बक उपस्थिती देखिएकाे शेर्पा साइवर एण्ड सप्लायर्सका प्रोपाइटर लाप्साङ शेर्पाले नयाँ बुलन्दलाई जानकारी दिए । तालिम ४५ दिन सम्म चल्ने बताईएको छ।