तेस्रो संस्करणको पाँचथर गोल्डकप २३ चैतदेखि

  नयाँ बुलन्द
0 Shares

पाँचथर : तेस्रो सँस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटवल प्रतियोगिता आउन्दो चैत २३ गतेदेखि हुने भएको छ ।

स्थानिय फिदिम माविको खेलमैदानमा पाँचथर क्लवको आयोजनामा चैत २३ देखि ०७६ बैशाख २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । चैत २३ गते हुने उद्घाटन खेलमा मिसन युनाइटेड क्लव ताप्लेजुङ र डिएफसि मोरङ विच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल ०७६ वैशाख २ गते हुनेछ ।

प्रतियोगितोगितामा दुईवटा ए डिभिजन क्लवहरु हिमालयन शेर्पा क्लव काठमाडौँ र जावलाखेल युथ क्लवसहित विजय युथ क्लव हेटौँडा, रेडहर्ष क्लव इलाम, विर्तामोड युनाइटेड झापा, दार्जिलिङ युनाइटेड भारत, न्यूस्टार क्लव सुनसरि, मिसन युनाइटेड क्लव ताप्लेजुङ, डिएफसि मोरङ र आयोजक पाँचथर क्लव गरि दश टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ४ लाख रुपैँया तथा दोस्रो हुने टिमले ट्रफिसहित नगद २ लाख रुपैँया पाउनेछ । यस्तै विद्यागत तर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिल्डफिल्डर, बेस्ट फरवार्ड, उदयीमान खेलाडिले जनही १० हजार रुयैँया पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजार प्रदान गरिनेछ । प्रतियोगिताको लागत ४३ लाख अनुमान गरिएको आयोजक सँस्था पाँचथर क्लवका महासचिव योगराज सेढाँइले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार