अलैँचीको मूल्यमा भारी गिरावटले किसान मर्कामा

  नयाँ बुलन्द
0 Shares

भोजपुर : पछिल्लो वर्ष अलैँचीको मूल्यमा आएको भारी गिरावटले किसान मर्कामा परेका छन् ।

अन्नबाली लगाउन छाडेर अलैँची खेतीमा होमिएका किसान आफ्नै बजार नहुँदा मूल्य नपाएकाले निराश बनेका हुन् ।

आफ्नै टे«डमार्क नभएकाले भारतको ट्रेडमार्कबाट अन्तराष्ट्रिय बजारमा निर्यात् हुने नेपाली अलैँचीको मूल्य अस्वाभाविक खस्किएपछि कृषकहरुले लगानी पनि उठाउन सकस परेको गुनासो गरिरहेका छन् ।

अन्य खेतीबाली मासेर अलैँची खेतीमा हौसिएका कृषकहरुले ३ वर्षअघिसम्म अलैँचीको राम्रै मूल्य पाइरहेका थिए ।

त्यसबेला प्रतिमन ८५ हजार रुपैयाँमा बिक्री भएको अलैँची अहिले प्रतिमन २२ हजारमा झरेको छ ।

दिनप्रतिदिन बजारमा मूल्यवृद्धि भइरहेको छ । तर अलैँचीको मूल्य झन् पछि झन् घटिरहेको छ ।

यसले किसानहरुलाई पिरोलिरहेको छ । उत्पादन अनुसारको मूल्य नभएपछि श्रमिकहरुलाई दिइने ज्याला समेत उठ्न नसकेको भोजपुर नगरपालिका १० का प्रेम कुमार राईको गुनासो छ ।

एकातिर मूल्यमा लगातार गिरावट आइरहेको छ भने अर्कोतर्फ उत्पादन पनि ह्रासोन्मुख छ ।

करिब डेढ–दुई सयको हाराहारीमा अलैँची टिप्ने खेतालालाई पाँचसय रुपैयाँ प्रतिव्यक्ति ज्यालादारीमा खेताला लगाउनुपर्ने र त्यसको लगानीअनुसारको आम्दानी नहुने किसानहरुको बुझाइ छ ।

अलैँचीमा देखिएको फुस्रो, गानो कुहिने, बोट सुक्ने जस्ता प्रकोपले उत्पादनमा आएको ह्रासले किसानहरु हैरान छन् ।

भोजपुरमा करिब ४ सय हेक्टर जमिनमा अलैँची खेती भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार