हृदयमा संगालेर श्रद्धा (गीत)

  मुकेश राई
0 Shares

मुकेश राई

हृदयमा संगालेर श्रद्धाले, सम्झनामा राख्छु इलाम
भावनामा सिर्जिएर सुमधुर, गीतभरी लेख्छु इलाम !

चियाबारीको हरियाली, माईखोलाको मन्द सुसाई
बिहानीको झुल्के घाममा, रमाउँछे अन्तु मुस्काई
हर साँझ हर बिहानी, लाली भरी देख्छु इलाम
सुख दु:ख परदेशमा, सधैं भरी सोच्छु इलाम !

सन्दकपुरको चिसो बतास, झापालाई शित्तल दिन्छ
बुधबारेको न्यानो घामले, तुम्लिङलाई ताप दिन्छ
मनको पिडा लुकाएर, मुस्कान छर्छु सम्झी इलाम
हृदयमा संगालेर श्रद्धाले, सम्झनामा राख्छु इलाम !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार