तीन सांगितीक स्रष्टा, एक कलाकार र एक कर्मचारी सम्मानित

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले तीन सांगितीक स्रष्टा सहित एक कलाकार र एक कर्मचारीलाई सम्मान गरेको छ ।

बाला चतुर्दशीको अवसरमा माइजोगमाईमा आयोजित रमाइलो मेला अन्तर्गत शनिबार माइजोगमाई गाउँपालिकाको आयोजना सम्पन्न माइजोगमाई बहुसांस्कृतिक तथा सांगितीक कार्यक्रममा संगीतकार तथा गायक प्राज्ञ कोमल निरौला, बरिष्ठ लोकगायक इन्द्र गुरुङ,   चर्चित गायिका सत्यकला राई, नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री डोमा लमिनी र नेपाल सरकारका पूर्व सचिव खेमराज नेपाललाई गाउँपालिकाले सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्वहरुलाई प्रदेश १ कि सांसद खिनु लङ्वा लिम्बू र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका हुन् ।

 इलामको माइजोगमाई ३ नामसालिङ्गमा जन्मिएर २०२६ देखि सांगितीक जीवन सुरु गरेका गायक तथा संगीतकार कोमल निरौला सांगितीक क्षेत्रमा सक्रिय छन् । त्यस्तै माइजोगमाई गाउँपालिकामै जन्मिएका लोक गायक इन्द्र गुरुङ गीत संगितमा साथै नृत्य निर्देशकको रुपमा सक्रिय छन् ।

आधुनिक गीत संगितमा एउटा छुट्टै पहिचान बनाएकी चर्चित गायिका सत्यकला राईका दर्जनौ गीतहरु नेपाली जनमानसमा लोकप्रिय छन् भने कलाकार डोमा लमिनी नेपाली चलचित्र जगतकी एक परिचित नाम हो ।

 त्यस्तै माइजोगमाई गाउँपालिकाको नामसालिङ्गमा जन्मिएका नेपाल सरकारका पुर्व सचिब नेपाल नामसालिङ्ग‌ सामुदायिक विकास नेपालको सरकारी सेवाको उच्च अहोदामा जिम्मेवारी कूशलतापूर्वक पुरा गर्दै कर्तव्यनिष्ठ  स्वाभिमानी र दुरदर्शी व्यक्तिका रुपमा पहिचान बनाइसकेका व्यक्तित्व हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार