दिनेशको निर्देशनमा ‘माया तिमी गर्छाै भने’ (भिडियो)

  जीवन लिम्बू
0 Shares

काठमाडौं : पछिल्लो समय भिडियो निर्देशन क्षेत्रमा फराकिलो ठाउँ बनाउन सफल निर्देशक दिनेश माङ्मु लिम्बूको निर्देशनमा रहेको जीएम राईको ‘माया तिमी’ बोलको नयाँ म्युजिक भिडियो बुधबार युटुव मार्फत सार्वजनिक भएको छ ।

निर्देशक लिम्बू भिडियो निर्देशन भन्दा पनि कोरियोग्राफीको क्षेत्रमा निक्कै फराकिलो परिचय बनाउन सफल व्यक्ति हुन् । विशेष गरि सांस्कृतिक भिडियो निर्देशन तथा कोरियाग्राफी रुचाउने लिम्बू यो गीतमा भने अलि फरक ढङगले प्रस्तुत भएका छन् । उनले यो भिडियोमा आफुलाई अलि फरक ढङ्गबाट प्रस्तुत भएकोले यसले पनि अन्य भिडियोहरु जस्तै लोकप्रियता पाउनेमा आफु आशावादी भएको उनी बताउछन् । उनले विशेष गरि आफ्नो मौलिक लिम्बू भाषामा आधारित गीत संगितमा अरु भन्दा धेरै काम गरेका छन् ।

लिम्बूको निर्देशनमा निर्माण गरिएको गीतमा टिका बम्जनको शव्द रहेको रहको छ । र यो गीतको एरेन्ज पवन लामाले गरेका हुन् । गीतमा निराजन प्रधान र रेखा फागोको अभिनयरहेको छ। गीतको छायाङ्कन अर्जुन तिवारि र सम्पादन बिकास धमलाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार