इलाम : सदावहार पर्यटकहरुको गन्तव्य बन्दै गएको अन्तुमा निर्मित संरचनाहरुमा आवश्यक रंगरोगन गरेपछि थप आर्कषण बढेको छ ।
पर्यटकहरुको मुख्य आर्कषण रहेको सुर्योदयको दृश्यावलोकन गरिने भ्यू टावरमा सुर्योदय गरपालिकाको १ लाख ३० हजारको लगानीमा रंगरोगन गरिएको छ ।
त्यस्तै अन्तुपोखरी नजिकै रहेको शिवालय मन्दिरमा स्थानीय खगेन्द्र बाँस्तोलाको करिव १० हजारको सहयोगमा रंगरोगन गरिदा मन्दिर आर्कषक देखिएको छ ।
यता अन्तु पोखरीको सेल्फिपोइन्ट, टापुका रेलिङ्ग र विश्रामालयहरुमा पनि सुयोदय हार्डवयेर फिक्कलको सौजन्यमा रंगरोगन गरिएको स्थानिय खगेन्द्र बाँस्तोलाले बताए ।
मन्दिर र अन्तुपोखरीको संरक्षण गदै आएको एकता युवा परिवारको आग्रहलाई स्वीकार गरेर अन्तुको पर्यटन प्रवर्धनमा सहयोगी बनेकोमा आफुहरु आभारी भएको एकता युवा क्लवका रुद्र घिमिरेले बताए ।
अन्तुको टावरमा रंगरोगन पछि अन्य संरचनाहरु अध्यारो भएको भन्दै एकता क्लवले आग्रह गरेको कारण आफुले पनि सानो सहयोग गर्न पाएको सहयोगी खगेन्द बाँस्तोलाले बताए ।
आफैमा सुन्दर रहेको इलाम र अन्तुमा रंग रोगनले आर्कषक बनाएकोे संरचनाहरुबाट,आफुहरु पनि प्रभाबित भएको मोरङ्गबाट अन्तु आएका मेलिना थापाले बताए ।