एक सय पर्यटकीय गन्तव्यको सुचिमा लब्रेकुटी, गजुरमुखी, लारुम्बा र चुक्चिनाम्बा पनि

माङसेबुङ : सरकारले देशभरका पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक सांस्कृतिक तथा र्धािमक दृष्टिका आधारमा नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेको हो ।

सरकारले स्थापित तथा प्रवर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गर्नुपर्ने गरेर करिब दुई सय गन्तव्य पहिचान गरेको छ। जसमध्ये नयाँ गन्तव्यमात्र एक सय छन् ।

एक सय पर्यटकिय गन्तव्यमा गुरु फाल्गुनन्द सर्किट (लब्रेकुटी,  गजुरमुखी धाम, लारुम्बा, चुक्चिनाम्बा) स्थानहरु पनि परेको छ ।

मन्त्रालयले विज्ञप्तिमार्पmत र्आिथक वर्ष २०७५र ७६ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्यको पहिचान तथा विकास गर्ने उल्लेख गरेको छ।

मन्त्रालयले विभिन्न जानकारी, सुझाव र मन्त्रिस्तरीय निर्णयबाट पर्यटकीय गन्तव्यको पहिचान गरेको उल्लेख गरेको छ। ‘विभिन्न समयमा विभिन्न निकायबाट प्रकाशित जानकारी, प्राप्त सुझावको आधारमा नेपाल सरकारको निर्णयअनुसार गन्तव्य पहिचान गरिएको छ‘, विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार