फिगर हैन, पुरुषको कुन चिजले लठ्ठ पार्छ महिलालाई ?

एजेन्सी : यदी तपाईलाई लाग्छ कि मेकअप गरेर मात्रै आकर्षक देख्न सकिन्छ र आफ्नो पार्टनरलाई रिझाउन सकिन्छ भने तपाई गलत बुझाइमा हुनुहुन्छ ।

हालै गरिएको एक अध्ययनअनुसार केसैलाई आफूतर्फ आकर्षित गर्न तथा आफ्नो पार्टनरलाई रिझाउन तपाईको सुगन्धले महत्वपूर्ण भूमिका खेल्छ । कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् । एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए । उनीहरुको उक्त धोकेबाजीको कारणबारे सोध्दा हैरान गर्ने करण सामुन्ने आयो ।

उनीहरुले भनेका कुराहरुबाट थाहा हुन्छ कि तपाईको शरीरको सुगन्धको कति ठूलो भूमिका हुन्छ । अध्ययनमा सामेल ७८ प्रतिशत महिलाले शरीरबाट नराम्रो गन्ध आउने पुरुषसँग रात बिताउनु भन्दा उनीहरु एक्लै घर जान मन पराउने बताए । तर पुरुषहरुको प्राथमिकता भने अगल छ । अध्ययनमा सामिल १० मध्ये ५ जना पुरुषले भनेका छन् कि कुनै महिलासँग बेडरुममा गएपछि कुनै पनि प्रकारको गन्धले उनीहरुलाई फरक पार्दैन् ।

यद्यपी अध्ययनमा सामेल भएका ५३ प्रतिशत महिलाहरुले आफूहरुलाई प्राकृतिक गन्ध आउने पुरुष मन पर्ने बताए । ६३ प्रतिशत पुरुषहरुले पनि महिलाका बारेमा यस्तै प्रकारको राय व्यक्त गरे । अध्ययनमा सामेल ५० प्रतिशत महिलाले यो पनि भने कि, कुनै जोडीको सम्बन्ध टुट्नुमा पर्टनरको नराम्रो गन्धको पनि भूमिका हुन्छ । खराब स्मेलका कारण उनीहरु रोमाञ्स गर्न सक्दैनन् । जसकारण ब्रेकअफ हुनसक्छ । लोकान्तरको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार